back

फिल्म हेर्न जाउँ भन्दै अपहरण गर्ने तीन पक्राउ

वि.सं.२०७५ माघ १५ मंगलवार

462 

shares
GLOBAL IME AD
NTC AD

१५ माघ, घोराही । सामान्य चिनजानको आधारमा फिलिम हेर्न जाने भन्दै युवतीलाई जबरजस्ती नियन्त्रणमा लिन खोज्ने तीन जना पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका–३ भैस्कुर निवासी १९ वर्षकी एक युवतीलाई जबरजस्ती नियन्त्रणमा लिई रामपुरतर्फ लैजादै गर्दा लक्ष्मीपुर चोक नजिकै युवतीले टेम्पोबाट प्रतिकार गरी भाग्न खोज्दा सडकमा खसी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

युवतीलाई जबरजस्ती नियन्त्रणमा लिएको आरोपमा घोराही–२ बस्ने २४ वर्षीय विकास चौधरी, सोही ठाउँ बस्ने २१ वर्षीय विकेन्द्र चौधरी र २२ वर्षीय दिपक नेपालीलार्य पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

उनीहरूलाई प्रहरीले आइतबार बेलुकी पक्राउ गरेको थियो । उहाँका अनुसार पीडित युवतीको जाहेरीमा ती युवालाई मुलुकी अपराध संहिता ऐन २०७४ को परिच्छेद १७ को दफा २११ बमोजिम अपहरण उद्योग शिर्षकमा मुद्दा दर्ता गरी आवश्यक कारवाही अगाडि बढाइएको छ ।

वि.सं.२०७५ माघ १५ मंगलवार ०८:४० मा प्रकाशित

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

कोरिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने महिला पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी दक्षिण कोरिया...

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

नेप्से परिसूचकमा १५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

अनुमति विना गुज्जरगानो निकासी नगर्न गल्याङ नगरपालिकाको अनुरोध

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकाले अनुमति विना गुज्जर गानो र...

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

बौद्ध महास्तूपाको अस्तुधातु प्रदर्शन गरिने

काठमाडौं । विश्व शान्तिका अग्रदूत भगवान् बुद्धको २५६९औँ जन्मजयन्तीका अवसर...

यार्सागुम्बा सङ्कलन थालियो

यार्सागुम्बा सङ्कलन थालियो

मनाङ । मनाङमा यार्सागुम्बा सङ्कलन थालिएको छ । मनाङसँगै लमजुङ,...

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

वर्षाले फुल्न लागेको स्याउका बोटमा असर, उत्पादन कम हुने प्रक्षेपण

मुस्ताङ । वर्षाले यहाँका फूल्न लागेको स्याउको बोटमा असर पुर्याएको...