Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

हतियार प्रयोग गरेर थापाको हत्या



१५ माघ, चितवन । पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारमा गए राति धारीलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार हत्या हुनेमा स्थानीयवासी अन्दाजी ५२ वर्षीया रुपा थापा रहेकी छन् । सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले घटनाको विवरण प्राप्त भएसँगै प्रहरी नायब उपरीक्षकको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पठाइएको बताए । प्रारम्भिक विवरणमा थापाको हत्या भएको जनाइएको भए पनि विस्तृत विवरण आइनसकेको उनले बताए

प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मीले घटनाको वास्तविक विवरण आउन बाँकी रहेको बताए । घटनाको अनुसन्धानका लागि कुकुरसहित आफूसमेत जाँदै गरेको उनले बताए ।

घटनास्थलमा रहेकी राप्ती नगरपालिकाका प्रमुख प्रभा बरालले रातिमा हतियारले घोचेर हत्या गरिएको बताइन् । घरमा १४ वर्षीय बालकसँगै रहेकी थापाको क्रुरुरतापूर्वक हत्या गरिएको छ । परिवारका अन्य सदस्य घरमा नरहेको बेला घटना भएको हो । सँगै रहेका बालक भने सकुशल छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र