back

नेकपा प्रदेश ५ को एकता : ७५ स्थानीय तहको टुङ्गियो

वि.सं.२०७५ माघ १५ मंगलवार

465 

shares
GLOBAL IME AD
NTC AD

१५ माघ,लमही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रदेश नं ५ मा एकता प्रक्रिया अघि बढेको छ । दुई कम्युनिष्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतापछि यस प्रदेशका स्थानीय तहमा एकता प्रक्रियालाई तीव्रता दिइएको प्रदेश सचिव जगप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार प्रदेश नं ५ का १०९ वटा स्थानीय तहमध्ये ७५ स्थानीय तहको पार्टी एकता टुङ्ग्याएर शपथ पनि गराइसकिएको छ । प्रदेशका छ वटा जिल्लाका सबै स्थानीय तहको एकता टुङ्ग्याएर शपथ गराइएको छ भने बाँकी पाँच जिल्लाको एकतालाई तीव्रता दिइएको उनको भनाइ थियो ।

गुल्मीको दुई नगरपालिका र १० गाउँपालिका, पाल्पाको दुई नगरपालिका र आठ गाउँपालिका, नवलपरासीका तीन नगरपालिका र चार गाउँपालिका, कपिलवस्तुका छ नगरपालिका र चार गाउँपालिका, बर्दियाका छ नगरपालिका र दुई गाउँपालिका तथा रुपन्देहीका एक उपमहानगरपालिका, पाँच नगरपालिका १० गाउँपालिकाको स्थानीय तहको एकता पूरा भइसकेको छ ।

प्यूठानका नौमध्ये आठ वटा तहको एकता भइसकेको छ । प्रदेश नं ५ का १०९ स्थानीय तहमध्ये बाँकी ३४ स्थानीय तहको पनि माघ महीना भित्रै टुङ्गिने जनाइएको छ । तीबाहेक प्यूठानका बाँकी स्थानीय तहसहित दाङ ,रोल्पा, बाँके, अर्घाखाँची र रुकुमपूर्वका स्थानीय तहको छिट्टै टुङ्गिने प्रदेश सचिव शर्माले बताए ।
“हामीले प्रदेश ५ का ७५ स्थानीय तहको एकता पूरा गरिसकेका छौँ”, उनले भने “ बाँकी स्थानीय तहको माघभित्रै पूरा गर्छौं ।” प्रदेश नं ५ मा ४ उपमहानगरपालिका, ३२ नगरपालिका र ७३ गाउँपालिका छन् ।

वि.सं.२०७५ माघ १५ मंगलवार १६:०८ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...