back
CTIZAN AD

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार निरौलाद्वारा पदभार ग्रहण

वि.सं.२०७५ माघ १५ मंगलवार

783 

shares

१५ माघ, काठमाडौँ । सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नृपध्वज निरौलाले पदभार ग्रहण गरेका छन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा निरौलाको नाम अनुमोदन गरेपछि आज पदभार ग्रहण गरेका हुन् । न्याय सेवा आयोगको सिफारिशलाई मन्त्रिपरिषद्को बैठकले अनुमोदन गर्ने कानूनी व्यवस्था रहेको छ ।

निरौला यसअघि न्याय परिषद्को सचिव हुनुहुन्थ्यो । न्याय सेवा आयोगले वरिष्ठता, कार्यकुशलता र दक्षताका आधारमा मुख्य रजिष्ट्रारमा बढुवाका लागि सिफारिश गरेको थियो । निरौला २०७३ साल माघ ६ गते सर्वोच्च अदालतको रजिष्ट्रार बनेका थिए ।

विसं २०२८ माघ २५ गते खोटाङ जिल्लाको एैँसेलुखर्क गाउँपालिकामा जन्मिएका निरालौले विसं २०५२ साल मङ्सिर २४ गते न्याय सेवा आयोगको शाखा अधिकृतबाट सेवा शुरु गरी २०६० मा सर्वोच्चको उपरजिष्ट्रार हुँदै २०६५ मा खुल्लातर्फबाट सहरजिष्ट्रार भएका थिए ।

यसैगरी, मन्त्रिपरिषद्को बैठकले रिक्त रहेको सर्वोच्च अदालतको रजिष्ट्रारमा लालबहादुर कुँवरलाई बढुवा गरेको छ । विसं २०२९ पुस ४ गते गुल्मीमा जन्मिएका कुँवर न्याय सेवा आयोगले वरिष्ठता र कार्यकुशलताका आधारमा रजिष्ट्रार बनेका हुन् । विसं २०५५ मा सर्वोच्च अदालतमा शाखा अधिकृतबाट सेवा शुरु गरेका कुँवर २०६५ मा उपरजिष्ट्रार हुँदै २०६७ वैशाख ८ गते खुल्लातर्फबाट सहरजिष्ट्रार हुनुभएको थियो ।

वि.सं.२०७५ माघ १५ मंगलवार २०:३३ मा प्रकाशित

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बर्खायाममा सडक विस्तारको कामले आवातजावतमा सास्ती

बागलुङ । बागलुङको ढोरपाटन आउने स्थानीय तथा पर्यटकहरुले आवातजावतमा सास्ती भोग्नुपरेको...

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम दूध उत्पादनमा आत्मनिर्भर बन्दै, बजारमा भने समस्या

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश दूध उत्पादनमा आत्मनिर्भरतातर्फ उन्मुख बनेको छ...

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

गड्यौला मल उत्पादनले दैनिकी बदलिएका किसानहरु

दाङ । सुलोचना शेर्पाको दैनिकी बदलिएको छ । गड्यौला मल...

जलेको कारबाट शव निकालियो

जलेको कारबाट शव निकालियो

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा आज बिहान एक कारमा...

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

बालकलाई बचाउने क्रममा अटो दुर्घटना हुँदा चालकसहित ६ जना घाइते

नवलपरासी (पश्चिम) । नवलपरासी (पश्चिम)को बर्दघाट नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गमा...

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

छब्बीस हजार ४४५ मुद्दा फैसला गर्न बाँकी

काठमाडौँ । जिल्ला अदालत काठमाडौँले आर्थिक वर्ष २०८२/८३ मा २६...