Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

लोकतन्त्र खतरामा पर्दै गएको वरिष्ठ नेता पौडेलको भनाई



१५ माघ, तनहुँ । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भ्रष्टाचारले लोकतन्त्र खतरामा पर्दै गएको बताएका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति तनहुँले आज आयोजना गरेको कार्यकर्ता भेटघाटमा नेता पौडेलले भने, “भ्रष्टाचार मौलाउँदै गएकाले यसको न्यूनीकरण समयमै गर्न नसके लोकतन्त्र नै खतरामा पर्ने देखिएको छ ।”

“गिरिजाप्रसाद कोइरालाको स्मृतिमा तनहुँको खैरेनीटारमा स्थापना गरिएको जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र हटाउने सरकारको निर्णयविरुद्ध बृहत् विरोध कार्यक्रमको आयोजना गर्नुपर्छ,” उनले भने, “यो सरकारलाई बेलैमा झक्झकाउन सकिएन भने लोकतन्त्र खतरामा पर्ने सङ्केत देखिएको छ ।”

“काङ्ग्रेस कार्यकर्ताको व्यवहारमा परिवर्तन गर्न सके पुनः काङ्ग्रेस जनताको मन जित्दै अघि बढ्न सक्छ,” उनले भने “नेकाले समाजमा परिवर्तन हुने गरी काम काम गर्छ जनतालाई झुक्याएर होइन ।” अब चुनाव धेरै टाढा नरहेकाले काङ्ग्रेसको नेतृत्वमा सरकार आउन सक्ने सम्भावन रहेको चर्चा गर्दै उनले भने, “पहिलाकै स्थानमा पुग्न काङ्ग्रेसले कसरत गर्न आवश्यक छ ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन