१६ माघ, काठमाडौं । विमानस्थलबाट सुन तस्करी गराउन सघाउने त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयका रेडियो अपरेटरसँग १४ करोड भन्दा बढी अकुत सम्पत्ति रहेको खुलासा भएको छ । हाल निलम्बनमा परेका रेडियो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठको सम्पत्ति छानविन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले १४ करोड ६१ लाख २४ हजार चार सय ७८ रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । आजको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७५ माघ १६ बुधवार ०७:३९ मा प्रकाशित