
१६ माघ, काठमाडौं । पशुपति शमसेर राणा र डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको दुई राप्रपाबीच एकता हुने भएको छ । राणा नेतृत्वको र राप्रपा प्रजातान्त्रिक र लोहनी नेतृतवको एकिकृत राप्रपा राष्ट्रवादीबीच शुक्रबार एकता हुने भएको हो । एकिकरण पछि महाधिबेशन नहुन्जेल राणा र लोहनी दुवै पार्टी अध्यक्ष हुने छन् ।
‘हामी अहिलेको नेकपा मोडल (दुईजना अध्यक्ष हुने गरी) अपनाएर पार्टी एकिकरण गर्ने निर्णयमा पुगेका हौं । राप्रपा राष्ट्रवादीका अध्यक्ष लोहनीले भने । राणा र लोहनीबीच भएका चरणबद्ध वार्तामा चुनाव चिह्न हलो राख्ने र महाधिबेशनसम्म दुवैजना अध्यक्ष हुने सहमति भएको छ । आजको नयाँपत्रिका दैनिकबाट