Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

निगमका १० जहाज ग्राउन्डेड



१६ माघ, काठमाडौं । नेपाल वायु सेवा निगमका १४ विमानमध्ये मंगलबार एकै दिन १० वटा जहाज ग्राउन्डेड हुन पुगे । निगमसँग आन्तरिक उडानका लागि साना मझौला ९ वटा र अन्तराष्ट्रिय उडानका लागि ५ जेट विमान छन् ।

स्रोतका अनुसार निगमका यत्तिको संख्यामा विमान ‘ग्राउन्डेड’ भएको सम्भवत पहिलो पटक हो । ‘यत्रो संख्यामा विमान ग्राउण्डेड भएको यसअघि कहिल्यै सुनिएको थिएन,’ निगमका एक पुराना प्राविधिकले भने । २२ वटा आन्तरिक उडान गर्ने निगमले मंगलबार एउटा मात्रै गर्यो ।

निगमका प्रवक्ता नवराज कोइरालाका अनुसार सानो चिनिया विमान किलोभिक्टरले काठमाडौं–दाङ काठमाडौं उडान गरेको हो । अर्को चिनियाँ वाई १२ ई विमान क्ययाप्टेन विरामी बिदामा भएकोले उडेन । अन्य ७ वटा मर्मत गर्ने अवस्थामा थिए । आजको कान्तिपुर दैनिकबाट


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय