१६ माघ, काठमाडौं । पत्नीलाई उनको ईच्छा र चाहना विपरीत बलात्कार गरेको आरोपमा मध्यपुर थिमीबाट एक पति पक्राउ परेका छन् । ३७ वर्षीया पत्निले पतिले बलात्कार गरेको जाहेरी दिएपछि मध्यपुर थिमी नगरपालिका ९ बाडे गाँकु बस्ने ४१ वर्षीय रन्जन खड्कालाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।
यहि माघ ४ गते पतिले जर्वजस्ती यौन सम्पर्क गरेको भन्दै पत्निले माघ ६ गते जाहेरी दिएपछि सोहिदिन प्रसुति गृह थापाथलीमा महिलाको स्वास्थ्य परीक्षण गरी खड्कालाई पक्राउ गरेको उनले बताए । प्रहरी उपरीक्षक हिमालय केसीका अनुसार यसअघि पनि यस्तै प्रकृतिको गत जेठ २३ गते सुर्यविनायक नगरपालिका ७ की ३४ वर्षीया महिलाले २०७३ भदौदेखि २०७४ चैत २ सम्म पतिले पटक पटक बलात्कार गरेको जाहेरी दिएकी थिइन् । आजको कान्तिपुर दैनिकबाट