
१६ माघ, दमक । सरकारले करमा देशभर कढाई गरिरहेका बेला प्रधानमन्त्रीकै गृह जिल्ला झापा दमकमा रहेको पूर्वराजा ज्ञानेन्द्र शाहको चिया बगानले भने कर तिरेको छैन । ज्ञानेन्द्रको हिमालय महालक्ष्मी चिया बगान प्रालिले अहिलेसम्म राज्यलाई कुनैपनि कर तिरेको छैन ।
१२ वर्षयताको सम्पत्ति कर तिर्न अटेर गरिरहेको दमक नगरपालिकाले जनाएको छ । पटक पटक बगान प्रशासनलाई करका लागि ध्यानाकर्षण गराए पनि कर नतिरेको नगरपालिकाको भनाई छ । २०६२÷२०६३ सालको जनआन्दोलनपछि स्थानीय स्वायत्त शासन ऐनको अधिनमा रहेर लागू गरिएको एकिकृत सम्पत्ति कर ऐनपछि हालसम्म पूर्वराजा शाहको चिया वगानले पाँचकरोड २९ लाख ९९ हजार रुपैयाँ तिर्न बाँकी रहेको नगरपालिकाका राजस्व प्रमुख टीका दाहालले जानकारी दिए । आजको अन्नपूर्णपोष्ट दैनिकबाट