
१६ माघ, दमक । अख्तियार दुरुपयोग अनुसन्धान आयोले जनतामाझ गरेको सर्वेक्षणले नीतिगत तहमा हुने भ्रष्टाचारमा प्रधानमन्त्री,मन्त्रीदेखि मुख्यसचिवसम्मको सहभागीता हुने गरेको देखाएको छ ।
अख्तियारले देशका विभिन्न भागमा पुगेर ३ हजार ४ सय सर्वसाधारसँग गरेको मत सर्वेक्षणले विगतमा प्रधानमन्त्रीदेखि मन्त्री तथा मुख्यसचिवको सहभागीतामा नीतिगत भ्रष्टाचार हुने गरेको तथ्यांक औल्याएको हो ।
अख्तियारले मंगलबार सार्वजनिक गरेको सो सर्वेक्षण प्रतिवेदनमा नीतिगत तहमा राजनीतिक दल, मन्त्रीका सल्लाहकार, सचिव तथा विभागीय प्रमुखसमेत उत्तिकै दोषी रहने गरेको उल्लेख छ । आजको राजधानी दैनिकबाट
वि.सं.२०७५ माघ १६ बुधवार ०८:३७ मा प्रकाशित