back

नेपाली कामदारको सुरक्षामा ध्यान दिन सभामुख महराको आग्रह

वि.सं.२०७५ माघ १६ बुधवार

414 

shares
GLOBAL IME AD
NTC AD

१६ माघ, काठमाडौँ । सभामुख कृष्णबहादुर महराले साउदी अरेबियाको विकासमा नेपाली कामदारले महत्वपूर्ण योगदान गरेका नेपाली कामदारको भौतिक तथा पेशागत सुरक्षा एवं सेवा सुविधामा ध्यान दिन साउदी सरकारसँग आग्रह गरेका छन् ।

सभामुख महरासँग नेपालका लागि साउदी अरेबियाका नवनियुक्त राजदूत मुसैद एस अल मारवानीले गरेको शिष्टाचार भेटवार्तामा सभामुख महराले सो आग्रह गरेका हुन् । भेटमा उनले नेपाली कामदारलाई रोजगारीको अवसर जुटाइदिएकामा साउदी अरेबिया सरकारलाई विशेष धन्यवाद व्यक्त गरेका थिए ।

भेटमा नेपालको संसदीय परम्परा, सङ्घीय संसद्को संरचना, शासन पद्धतिलगायतको जानकारी दिँदै सभामुख महराले सङ्घीय संसद्को तर्फबाट छिट्टै नेपाल–साउदी अरेबिया संसदीय मैत्री समूह गठन गर्ने तयारी भइरहेको बताएका थिए ।

“हामीले सङ्घीय संसद्को तर्फबाट छिट्टै नेपाल–साउदी अरेयिबा संसदीय मैत्री समूह गठन गर्दैछौँ”, उनले भने, “संसदीय मैत्री समूह गठनले दुई देशबीचको संसदीय अनुभव आदानप्रदानका साथै राजनीतिक सम्बन्ध विस्तार गर्न सहयोग पु¥याउने मैले विश्वास लिएको छु ।”

सो अवसरमा साउदी राजदूत मारवानीले आफ्नो कार्यकालमा साउदी–नेपाल सम्बन्ध थप मजबुत र घनिष्ठ बनाउन सक्दो योगदान गर्ने प्रतिबद्धता व्यक्त गरेकोे सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिएका छन् ।

वि.सं.२०७५ माघ १६ बुधवार ०८:४६ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...