
नेपाली जनसम्पर्क समिति (नेजस) अमेरिकाले हालै सरकारले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जर्बजस्ती पारित गरिएको भन्दै त्यस्को भत्सर्ना गरेको छ । नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङद्वारा जारी प्रेस विज्ञप्तिमा विधेयक पारित गरिएको दिनलाई दुखद् दिन भनिएको छ । विज्ञप्तीमा भनिएको छ “वर्तमान सरकारले २०७५ साल माघ ११ गते शुक्रवार प्रतिनिधिसभामा संसदीय शासन प्रणाली विपरीत मर्यादापालक प्रयोग गरी जबरजस्ती राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरिएको घटनालाई संसदीय इतिहाँसकै दुस्खको दिन ठहर गर्दै, नेपाली जनसम्पर्क समिति अमेरिका घोर निन्दा र भर्त्सना गर्दछ ।”
लोकतान्त्रिक मुल्य, मान्यता र स्थापित विधिलाई कुल्चिएर बहुमतको आडमा संविधानको मर्म र भावना विपरीत गरेका यस्ता निर्णय, व्यवहार र सरकारी निति हेर्दा वर्तमान सरकार अहिले अधिनायकवाद तर्फ उन्मुख भएको उल्लेख गरिएको छ ।
विज्ञप्तीमा सभामुखको भूमिकाको समेत निन्दा गरेको छ । “सम्माननीय सभामुख, स्थापित संसदीय परम्परा र मर्यादाको धज्जी उढाउँदै, सत्ता सामु निरिह बनेको छ । जसले गर्दा निष्पक्षता र निर्भिकताकाबाट संसदीय मर्यादा कायम रहन सकेको छैन । प्रमुख प्रतिपक्षी दलका उपस्थिति विना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्ति गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना हो । यस्ता प्रवृतिले विधि, पद्धति र लोकतान्त्रिक राज्यसंस्कृतिलाई खण्डीत गर्ने गर्दछ । जो वर्तमान सरकारले गरिरहेका छ। त्यो निन्दनीय छ” विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै समितिले डा गोविन्द केसीको आमरण अन्सनप्रति ऐक्यबद्धता जनाउँदै उनको जीवनरक्षाको माग समेत गरेको छ । आम सर्वसाधारण जनताको हितका निमित्त चिकित्सा शिक्षामा सुधारको मागराखि डा। गोविन्द केसीले गरेको १६ औं पटकको आमरण अनशन प्रति पनि हाम्रो एक्यबद्धता र समर्थन छ। र उनको जीवन रक्षाकको लागि सरकारसँग माग छ, विज्ञप्तीमा जनाइएको छ ।
राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएर जनस्वास्थ्यको क्षेत्रमा क्रियाशील जी.पी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई संघ (केन्द्र) को दायित्वबाट पन्छाउँदै अस्तित्व नै समाप्त पार्ने गरी वर्तमान सरकारले गरेको गैरजिम्मेवारी निर्णय र कार्यप्रति संगठनको घोर आपत्ति रहेको भन्दै यस्ता कार्यले वर्तमान सरकार निरङकुशता तर्फ उन्मुख भएको बताइएको छ ।
“अहिले देशमा हत्या, हिंसा र बलात्कार जस्ता जघन्य अपराधहरू बढिरहेका छन् । महंगी र भ्रष्टाचार चारैतिर फैलिएको छ। वाइडबडी खरिद प्रकरण र बालिका निर्मला पन्तको बलात्कार पछि हत्याको घटना छ महिनामा पनि सरकार संवेदनशील देखिन्दैन। सत्यलाई ढाकछोप गरिरहेको छ । बहुमतको आडमा यस्ता अनेकौं जनबिरोधी निर्णयहरू गरेर वर्तमान सरकार मुलुकमा शनै शनै अधिनायकवाद ल्याउन उद्धत छन् । यस्ता सबैखाले सरकारको नियत प्रति हामी घोर निन्दा र भर्त्सना गर्दै, मातृ पार्टी नेपाली काँग्रेसले संसद र सडकबाट र पार्टीको अन्य भातृ र शुभेक्छुक संगठनले सडकबाट गर्दै आएको र गर्ने सबैखाले विरोधका कार्यक्रमप्रति नेपाली जनसम्पर्क समिति अमेरिका ऐक्यवद्धता जनाउँदछौं ” विज्ञप्तीमा जनाइएको छ ।