Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

म्याग्दी कांग्रेसद्धारा आगलागीपीडितलाई आर्थिक सहयोग



१६ माघ, गलेश्वर । म्याग्दीको मङ्गला गाउँपालिका–४ थर्पुका आगलागीपीडितलाई नेपाली काङ्ग्रेस म्याग्दीले लत्ताकपडासहित रु ५१ हजार सहयोग गरेको छ ।

गत पुस २२ गते विद्युत् चुहिएर आगलागी हँुदा थर्पुका लालबहादुर रोकाको घर जलेर नष्ट भएको थियो । पार्टीले सङ्कलन गरेको सो सहयोग रकम मङ्गलबार पार्टीको जिल्ला सभापति खम्बीर गर्बुजाले पीडित रोकाकालाई हस्तान्तरण गरे । म्याग्दी काङ्ग्रेसले पीडितलाई न्यानो कपडा र खाद्यान्नसमेत सहयोग गरेको छ ।

सभापति गर्बुजाले यही माघ ११ गते हिमपात हुँदा बरङ्जामा ३२ बिजुलीको खम्बा भाँचिएपछि पाँच दिनदेखि स्थानीयवासी अँध्यारोमा बस्नुपरेकोप्रति ध्यानाकर्षण गराएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा पार्टीका जिल्ला सचिव मीनबहादुर कार्की, प्रवक्ता अजयमिलन श्रेष्ठ, सदस्य केबी भण्डारी, महिला सङ्घकी अध्यक्ष बिमला गौचनलगायतको सहभागिता रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्