Logo
१६ जेष्ठ २०८०, मंगलवार
     Tue May 30 2023
E-paper
  English Edition
   Unicode
Logo

टेलिकमका अधिकृतहरु फाइबर बेच्न घर-घरमा



१६ माघ, काठमाडौं । नेपाल टेलिकमले आफ्नो व्यवसायीक रणनीतिलाई सफल बनाउन अधिकृतस्तरका कर्मचारी समेत घलदैलो अभियानमा उर्तान थालेको छ ।

राजधानीको मुख्य सडक, सहायक सडक र गल्ली तथा टोल टोल हुँदै घरका आँगन र दैलोमा टेलिकमका कर्मचारी पुग्दा सेवाग्राही छक्क पर्न थालेका छन् ।

कुनै जमाना यस्तो थियो दूरसंचारका कर्मचारीसँग सम्बन्ध बढाउन मानिसहरु लालयित हुन्थे । एउटा ल्याण्ड लाइन टेलिफोन लिने मान्छे निकै भाग्यमानी, धनी र पावरफुल सम्झन्थ्यो । त्यसो त शुरुमा मोबाइल वितरणका बेला दूरसंचारका कर्मचारी गुहारेर सिमकार्ड लिनु पर्दथ्यो । माल अड्डा र भन्सारकै हाराहारीको कमाई सँग नजोडिए पनि टेलिकमका कर्मचारीहरु पूरै सरकारी पाराका हुने गर्दथे । जमाना बदलिएछ ।


‘ल हेर्नुस त टेलिकमका हाकिम (अधिकृत) हरु नै ब्रशर बोकेर सडकमा ।’ काठमाडौं धोविधारामा घर–दैलो र छानी छानी अफिस पुगिरहेका टेलिकमकर्मीहरुलाई देखाउँदै कमलपोखरीका सुन्दा पंतले भने ।

नेपाल टेलिकमको high speed internet with free voice  (ftth)  सेवाको जानकारी गराउँदै ‘घर घरमा फाइवर’ अभियान सफल पार्न हिडेका टेलिकम अधिकृत ईश्वरचन्द्र न्यौपानेले संसारन्युज सँग भने, ‘यो हाम्रो रहर पनि होइन र बाध्यता पनि होइन, सेवाग्राहीलाई जानकारी गराउने प्रयास हो ।’ टोलिमा सहभागी नवराज सत्यालको प्रतिक्रिया भने यस्तो थियो, ‘हामी सडकमा हिडेर र दैलो चाहारेर हाम्रो सेवा यस्तो छ भनिरहँदा कतिपयलाई नौलो लागेको होला तर ढिलै भए पनि हाम्रो प्रयासमा राम्रो रेस्पोन्स पाएका छौं ।’

टेलिकममै लामो समय बिताएकी रेणुका पौडेलले भनिन्, ‘हाम्रा अहिलेका सेवाहरुलाई अपग्रेड गर्नुका अलावा हामीले सहज–सरल र प्रविधियुक्त सेवा विस्तार गर्दैछौं ।’ रेणुका सँगै सहभागी लक्ष्मि भुजेलको प्राथमिकतामा थियो FTTH  सेवा लिएपछि ग्राहकको खुसीको सीमा रहने छैन ।’


टेलिकम कर्मचारीहरुको घर दैलो अभियानबाट प्रभावित भएका राष्ट्रिय जागरण अभियानका संयोजक साध्य बहादुर भण्डारीले टेलिकम राष्ट्रिय सम्पत्ति भएकोले यस्तो प्रयासमा सबैले स्याबासी दिनुपर्ने र टेलिकमलाई शसक्त बनाउनुपर्ने धारणा राखे । ‘वाइमेक्स र एडीएसएल’ बाट सन्तुष्ट हुन नसकेका ग्राहकहरुलाई यसले उत्साहि बनाउने अपेक्षा टेलिकमको छ ।

नेपाल टेलिकम नक्सालमा कार्यरत यी कर्मचारीहरुका अनुसार ‘फाइवर टु द होम सर्भिस ‘ अन्तर्गत टेलिकमले १ वटा ल्याण्ड लाइन, टेलीभिजन केवलको काम र इन्टरनेट सेवा सहित गरी छिटै थप प्याकेज ल्याउने योजनामा छ ।


व्यक्तिगत उपभोक्ताका लागि १ महिने, ३ महिने र १२ महिने प्याकेज तथा संस्थागतमा ३ महिने, ६ महिने र १२ महिने प्याकेज वितरण गरिरहेको छ ।

‘राष्ट्रको संचार–नेपाल टेलिकम’ नारालाई बोकेको नेपाल टेलिकमको नेतृत्व (प्रबन्ध निर्देशक) मा डिल्ली अधिकारी नियुक्त भएपछि प्राविधिक गुणस्तरसहित व्यवसायीक योजनाहरु अघि बढ्ने विश्वास टेलिकमकर्मीहरुको छ ।

नेपाल टेलिकम नक्सालबाट खटिएका यि कर्मचारीहरुका अनुसार ‘फाइवर टु द होम’ले विस्तारै क्षेत्र फराकिलो बनाउँदै आएको छ र घर–घरमा फाइवर पुग्नेछ । टेलिकमले यो सेवालाई आक्रामक बनाएर विस्तार गर्न सक्यो भने टेलिफोन, टेलिभिजन र इन्टरनेटको लागि एउटै सेवा सबैको रोजाइमा पर्ने निश्चित छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।

काठमाडौं । भारतमा हालै बनेको नयाँ सांसद भवनमा राखिएको ‘अखण्ड भारत’ नामक भित्तेचित्रमा नेपालको

काठमाडौं । सरकारले २० संस्थान र समितिहरु खारेज गर्ने भएको छ । सोमबार आगामी

निरा गौतम, रुपन्देही । बुटवलको पुरानो नाम बटौली हो । लुम्बिनी प्रदेशको रुपन्देही जिल्लामा