back

अमेरिका, चीन व्यापार वार्ता वासिङ्टनमा शुरु

वि.सं.२०७५ माघ १६ बुधवार

462 

shares
GLOBAL IME AD
NTC AD

१६ माघ, वासिङ्टन ।  संयुक्तराज्य अमेरिका र चीनबीच दोस्रो चरणको व्यापार वार्ता बुधबार वासिङ्टन डिसीमा शुरु भएको छ । अमेरिकाले चिनीया विशाल टेलिकम कम्पनी हुवावे विरुद्ध दुई दर्जनभन्दा बढी फौजदारी अभियोग लगाएपछि उत्पन्न गतिरोधबीच वार्ता शुरु भएको छ

विश्वका दुई ठूला अर्थतन्त्र भएका चीन र अमेरिका उच्च प्रविधि उद्योगको भविष्यलाई लिएर सङ्घर्षरत रहेको अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले बताए । उनी वार्तामा अमेरिकी प्रमुख मध्यस्थकर्ता छन् ।

तीन वर्षअघि बेइजिङले महत्वाकाँक्षी “मेड इन चाइना २०२५” कार्यक्रम सार्वजनिक गरेको थियो । उक्त कार्यक्रमको मुख्य उद्देश्य नै चीनलाई अन्तरिक्ष, रोबोटिक्स, आर्टिफिसियल इन्टेलिजेन्स, नयाँ पुस्ताको कार तथा अरु क्षेत्रमा अग्रणी स्थानमा पु¥याउने थियो । अमेरिकी अधिकारीका अनुसार यी क्षेत्रहरुमा अमेरिकी प्रविधि र खोजको मुख्य हिस्सा रहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पटकपटक आफू स्वस्थ चिनीया अर्थतन्त्रको पक्षमा रहेको बताउँदै आउनुभएको छ तर त्यो अमेरिकी व्यवसाय र प्रविधिको बदलामा होइन ।

खासगरी, अमेरिकी अधिकारीले चिनीया व्यापारिक अभ्यासमाथि आक्रमण गरिरहेका छन् । उनीहरुको भनाइमा चीनको व्यापार अभ्यास अस्वच्छ रहेको छ । चीनले जबर्जस्ती अमेरिकी प्रविधि हस्तान्तरण गरेको र बौद्धिक चोरी गरेको अमेरिकी अधिकारीको भनाइ छ । चीनले अमेरिकी कम्पनीलाई चीनमा व्यवसाय गर्न चिनीया कम्पनीसँग साझेदारी गर्नैपर्ने बाध्यकारी अवस्था सिर्जना गर्ने गरेको छ ।

बेइजिङमाथि दबाब सिर्जना गर्न ह्वाइट हाउसले २५० अर्ब अमेरिकी डलर बराबरका चिनीया सामानमा करवृद्धि गरेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीचको वार्तामा सहमति नभए आगामी मार्च २ तारिखदेखि २०० अर्ब डलर बराबरका चिनीया सामानमा २५ प्रतिशत कर लगाउने घोषणा गरिसक्नुभएको छ ।

बेइजिङले पनि करिब ११० अर्ब डलर बराबरका अमेरिकी सामानमा करवृद्धि गरेको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनीया राष्ट्रपति सी चिनफिङबीच औद्योगिक राष्ट्रको समूह जी–२० को ब्युनस आयर्समा भएको बैठकका क्रममा तीन महिने व्यापार युद्धविराम गर्ने सहमति भएको थियो । उक्त सहमति बमोजिम तीन महिनाभित्र वार्ता गरी दुई देशबीचका असमझदारी हल गर्ने र नयाँ व्यापार सम्झौता गर्ने उद्देश्यले दुबै देशका उच्च अधिकारीबीच वार्ता जारी छन् ।

यसअघि चीनको बेइजिङमा पहिलो चरणको प्रारम्भिक वार्ता भइसकेको छ । उक्त वार्ताका विवरण भने सार्वजनिक गरिएको छैन ।

वि.सं.२०७५ माघ १६ बुधवार १७:५१ मा प्रकाशित

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

नयाँदिल्ली । हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी...

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेन । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी...

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

पहलगाम (भारत) । सन् २००० पछि काश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा...

म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा

म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा

याङ्गुन । गत महिनाको विनाशकारी भूकम्पपछि म्यान्मामा घोषणा गरिएको युद्धविराम...

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...