१७ माघ, काठमाडौं । सरकारले विदेशी लगानीको वातावरण बनेको दाबी गरिरहेकै बेला उद्योगमा विदेशी लगानी घटेको छ ।
चालू आर्थिक वर्षको ६ महिना (साउन–पुस) मा गत वर्षको यसै अवधिको तुलनामा औधोगिक क्षेत्रमा विदेशी लगानी चार अर्बभन्दा बढी घटेको छ । उद्योग विभागका महानिर्देशक विनोद कुमार सिंहले उद्योगको संख्या बढे पनि पुँजी घटेको जानकारी दिए ।
उद्योग विभागका अनुसार चालु आवको पुस सम्म एक सय ९५ वटा उद्योगमा १० अर्ब २४ करोड ३० लाख रुपैयाँ विदेशी लगानी स्वीकृत गरिएको छ । तर, गत वर्षको सोहि अवधिमा एक सय ६८ वटा उद्योगमा १४ अर्ब विदेशी लगानी आएको थियो । ती उद्योगमा विदेशीले थोरै मात्रै लगानी गरेका कारण समग्र पुँजी घटेको हो । आजको अन्नपूर्णपोष्ट दैनिकबाट