
१७ माघ, काठमाढौँ । ज्योति विकास बैंक लि. ले बुधबार एकै दिन पाँच नयाँ शाखाको उद्घाटन गरेको छ । जसअनुसार सर्लाहीको हरिवन, सप्तरी जिल्लाको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटमा नयाँ शाखा संचालनमा ल्याएको छ । हरिवन नगरपालिका वडा नं ११, हरिवनमा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईं तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले एक कार्यक्रमका बिच २०७५ माघ १६ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
त्यसैगरी रुपनी गाउँपालिका वडा नं १, रुपनीबजारमा रहेको नयाँ शाखाको रुपनी गाँउपालिकाका मेयर हरेराम यादव तथा बैंकका संचालक छत्रमान श्रेष्ठ र बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं ३ मा रहेको नयाँ शाखाको औपचारिक रुपमा प्रमुख अतिथी नेपाल राष्ट्र बैक विरगंजका निर्देशक रविन्द्र महर्जन तथा बैंकका सञ्चालक ध्रुव कोइरालाद्वारा संयुक्त रुपमा उद्घाटन गरे ।
निजगढ नगरपालिका वडा नं ९, सहिदचोकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अतिथी निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनाल तथा बैंकका संचालक नारायणप्रसाद पौड्यालको उद्घाटन गरियो ।
त्रियुगा नगरपालिका वडा न ११, गाईघाट उदयपुर मा रहेको शाखाको पनि औपचारिक उद्घाटन त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीज्यू तथा बैँकका संचालक जगदिश्वरप्रसाद अधिकारीले संयुक्त रुपमा गरे ।
हाल बैंकले ८५ वटा शाखा कार्यालय तथा २२ वटाATM मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट रु. २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत रु. २०.३३ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकास बंैकलाई प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अर्ब १० करोड पुग्नेछ ।