Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

मेलबर्नमा गठित गोपाल थपलिया प्रतिष्ठानको सिड्नीमा बिस्तार




नेपाली पत्रकारिता जगतका भीष्मपितामह वरिष्ठ पत्रकार गोपालप्रशाद थपलियाको नाममा खोलिएको गोपाल थपलिया प्रतिष्ठानको अस्ट्रेलिया शाखा लुम्विनी(कपिलवस्तु दिवस अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको संयोजकत्वमा गठन गरिएकोमा हालै सिड्नीमा भएको भेलाले यस्लाई बिस्तार गरेको छ ।

वरिष्ठ पत्रकार गोपालप्रशाद थपलियाको उपस्थितिमा अष्ट्रेलियाको भिक्टोरिया राज्यका लागि अबैतनिक महाबाणिज्यदूतको कार्यालयमा गत २९ सेप्टेम्बरमा भएको एक भेलाले भविष्यमा वृहत रुपमा अगाडि बढाउने गरी रामकुमार श्रेष्ठको संयोजकत्वमा नेपालमा गठित गोपाल थपलिया प्रतिष्ठानको शाखाको रुपमा गठित सात सदस्यीय तदर्थ समितिलाई सिड्नीमा यही २७ जनवरीमा भएको भेलाले बिस्तार गरेको हो ।

सिड्नी भेलामा वरिष्ठ पत्रकार गोपालप्रशाद थपलिया, पूर्व सभासद तथा अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य शान्ती अधिकारी, प्राध्यापक राजु मानन्धर, एनआरएन ओसेनियका क्षेत्रीय संयोजक धर्मराज अधिकारी, एनआरए आइसिसी सदस्य होम पाण्डे, प्रवासी नेपाली मंच अध्यक्ष रमेश पाण्डे, एनआरएनए अस्ट्रेलिया कोषाध्यक्ष अच्यूत थपलिया, नेपाल पत्रकार महासंघ अष्ट्रेलियाका संयोजक हेमन्त काफ्ले, नेपाल अष्ट्रेलियन एशोसियसनका सचिब ऋषी आचार्य, डा जगदीश तिमल्सिना, नेपाल कला संस्कृति तथा साहित्य प्रतिष्ठाका अध्यक्ष सुजाता बस्नेत, गोपाल थपलिया प्रतिष्ठान अस्ट्रेलियाका कोषाध्यक्ष निता शाह, समुदाय अगुवा हरी लामिछाने, लेखक केदार पोखरेल, लगायत थुप्रैको उपस्थिति थियो ।

मेलबर्नमा गठित तदर्थ समितिको सचिवमा गोपालकृष्ण शिवाकोटी, कोषाध्यक्षमा निता शाह र सहस्यहरुमा शुशिल चालिसे, गौतम लामिछाने, शैलेन्द्र सुवेदी र निरु त्रिपाठी रहेकोमा उक्त समितिमा सिड्नीको भेलाले पत्रकारद्धय ऋषी अधिकारी र हेमन्त काफ्ले र अन्य दुई रमेश पाण्डे र अच्युत थपलिया थप्ने निर्णय गरेको छ ।

मेलबर्नको भेलाले समितिको सल्लाहकारमा भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन र वरिष्ठ बैज्ञानिक डा राजु अधिकारी चयन गरेकोमा सिड्नीको भेलाले डा जगदीश तिमल्सिना र मनऋषी धिताललाई सल्लाहकार मण्डलमा थपेको छ ।

प्रतिष्ठानका गतिबिधिहरुलाई ब्यबस्थित र ब्यापक रुपमा अगाडि बढाउन भबिस्यमा अन्य राज्यहरुबाट पनि यसरी नै थपिदै लगी ब्यापकता दिइनेछ ।

२०७३ सालमा नेपालका बुद्धिजीवि, पत्रकार, सामाजिक अभियन्ता, समाजसेवी, राजनीतिज्ञ, उद्योगपति आदिको संयुक्त भेलाले गोपाल थपलिया प्रतिष्ठान गठन गरिएको थियो । देश विदेशमा रहेर विज्ञान, शिक्षा, स्वाथ्य, साहित्य, कला, सामाजिक सेवा, परिवर्तनको अभियन्ता, पत्रकारिता लगायत सबै क्षेत्रका असंबोधित नायकहरुको खोजी गरी सम्मान गर्ने उद्धेस्यले गठित यस प्रतिष्ठानले विस्वमा भएको मानव हितको सम्पूर्ण कामहरुको सक्दो प्रचारप्रसारमा जोड दिने निर्णय गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र

इलाम । स्थानीय तहको निर्वाचनमा प्राय सबै पार्टीका शीर्ष नेताहरुले आफ्नो वडा र निर्वाचन