Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

संघीयता नेपालबाट छिटै खारेज हुन्छ – नेता पौड्याल




देबेन्द्र केसी, नयाँ दिल्ली
नेपाली काँग्रेसका युवा नेता तथा पुर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोईरालाका तत्कालिन स्वकिय सचिव गोकर्ण पौड्यालले देशमा संघियता टिक्नै नसक्ने बताएका छन् । गरिव देशले संघियता धान्नै सक्दैन हेर्दै जानुस ढिलो चाँडो खारेज हुन्छ । आफ्नै पार्टीको तिब्र समर्थन बाट प्राप्त संघियता बारे नकरात्मक टिप्पणी गरेर चित्रबहादुर पथमा जान खोज्नुभएको हो ? भन्ने जिज्ञासामा नेता पौडेलले काँग्रेस चुकेको बर्ताए, उनले भने “संघियता बोझ हो र यो देशको संबिधान बन्दा सम्म म जिवितै रहेँ भने म संघियताको नाममा देश टुक्राउन दिन्न र चित्र बहादुरजी हजुरहरु पनि संघियताको बिरुद्धमा लाग्नुस भनेर गिरिजाबाबुले चित्र बहादुरजीलाई मेरै आँखा अगाडी भन्नुभएको थियो तर गिरिजा बाबुको देहवसानसंगै चलाख कम्युनिष्ठहरुले काँग्रेसको ‘ब्रेनवास’ गरेर देशमा संघियता थोप्न लगाए ।

संघियताको बिरोध गरेको जस अपजस यो चित्रबहादुर केसीजी या मलाई आउला तर कम्युनिष्ठको चलाखी धेरै टिक्दैन, संघियता खारेज हुन्छ । अहिले देशमा प्रधानमन्त्री भएको तर सरकार नभएको भन्दै मौजुदा सरकारलाई भष्ट्र, दलाल र बलात्कारीको सरकार भएको बताए । ‘टोलमा हुनुपर्ने सरकार पोलमा पुगेको छ अनि जनताले सरकार भएको प्रत्याभुति कसरी गर्नु ?” । चित्र बहादुर कमरेड सोझो र सत्य राजनिति गर्ने नेता हुनुन्छ र म ब्यक्तिगत रुपमा सम्मान पनि गर्छु उहाँलाई पेलेर लाने सपना माओबादीको पुरानो हो तर अहिलेको दुई तिहाईको सरकारले पनि भरपुर प्रयत्न गरिरहेको छ तर पहाड र तराई छुटाउने खेल कदापी पुरा हुँदैन, नेता पौडेलले भने । संधियता जस्तै काँग्रेसका सभापति शेरबहादुर देउवा पनि पुर्णत असफल भएको बताउदै पार्टी युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । अवको काँग्रेसको नेतृत्व कुन युवा ले गर्छ त ?

पङ्तिकारको प्रशनको जवाफ दिदै नेता पौडेलले सहमतिको बातावरण जुट्दै गरेको बताए । ‘देउवाजीलाई ब्यक्तिगत रुपमा निकै आदर गर्छु तर देसको भलो सोच्नुस, पार्टी युवा पुस्तालाई हस्तान्तरण गर्नुस, नेता पौडेलले भने ।

दुई दिने भारत भ्रमणमा रहेका पौडेल राजनितिक भेट सकेर काठमाण्डौ फर्किसकेका छन् तर भारतमा को को नेताहरुसंग भेट गरे यो भने खुलाउन मानेनन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय