Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

‘मिस इकलेज २०१९’ को लागि आवेदन फारम खुल्ला 



१७ माघ, काठमाडौं । विगत १० वर्ष देखि निरन्तररुपमा विभिन्न सौन्दर्य प्रतियोगीताहरुको आयोजना गर्दै आएको सिजन मिडियाले मिस ईकलेज २०१९ को नवौैैं संस्करणको लागि आवेदन फारम खुल्ला गरेको छ ।

उपत्यका लगायत मोफसलका विभिन्न कलेजमा अध्ययरत १६ वर्ष देखि २४ वर्ष सम्मका छात्राहरुलाई मध्यनजर राखि मिस ईकलेज २०१९” को आयोजना गर्न लागिएको सिजन मिडियाका प्रवन्ध निर्देशक प्रदिपराज वन्तले वताए । कलेजस्तरका युवतीहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, वैदेशिक शिक्षाको लागि अवसर साथै उनीहरुको आन्तरीक क्षमता उजागर लगायत नेतृत्वदायी क्षमताको विकास गराई सोही अनुरुप त्यसको उपयोगिताबारे मार्ग निर्देशन दिंदै समाज उपायोगि जिम्मेवार व्यक्तिको रुपमा अगाडि आउन सहयोग गर्ने हेतुले यो कार्यक्रम गरिएको उनी बताउँछन् ।

विगत १० वर्षदेखि काठमाडौँमा रहेर विभिन्न सामाजिक सांस्कृतीक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु गर्दै आएको मिडियाले गरेको यो नवौं चरणको लागि आवेदन फारम खुल्ला गरिएको हो उक्त कार्यक्रममा विभिन्न कलेजहरुवाट ३० जना प्रतियोगीहरुलाई सहभागी गराइने बताइएको छ । ‘Student’s personality education and beauty’ भन्ने नाराका साथ नेपाल अधिराज्यभर रहेका कलेजमा अध्ययनरत सम्पूर्ण छात्राहरुलाई सहभागी गराइने छ ।

उक्त कार्यक्रमको लागि सहभागीताको लागि माघ तेस्रो साता सम्म आवेदन फारम सिजन मिडियाको कार्यलय पुतलीसडकमा भर्न सकिनेछ । उत्त प्रतियोगीताको अन्तिम प्रतिष्प्रधा फाल्गुनको अन्तिम साता राजधानीमा सम्पर्न हुनेछ । प्रतियोगिताका विजेताले “मिस ईकलेज २०१९” कोे ताज उपाधि सहित सुजुकी लेट्स स्कुटर र उच्च शिक्षाको लागि अष्टेलियाको लागि छात्रावृत्ति पाउने छिन भने वाली भ्रमण गर्नको लागि हवाइ टिकट पाउने छिन साथै अन्य गिफ्टहयाम्पर पाउने छन ।

फस्ट रनर अप र सेकेण्ड रनर अपले भने मोवाइलफोन तथा अष्टेलियाको लागि छात्रावृत्ति साथै वाली भ्रमण गर्नको लागि हवाई टिकट पाउने छिन भने अन्य विभिन्न गिफ्टहयाम्परहरु प्राप्त गर्ने छिन् । यस बाहेक अन्य विभिन्न २० विधामा पनि विजेता छनौट गरिने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र