back

यस्तो बन्दैछ ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’

वि.सं.२०७५ माघ १७ बिहीवार

267 

shares
NTC AD
Global IME AD

१७ माघ, काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा निर्माण गर्न लागिएको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण प्रक्रिया औपचारिक रुपमा शुरु भएको छ ।

धुर्मुस सुन्तली फाउन्डेशनले आज यहाँ आयोजना गरेको कार्यक्रममा फाउण्डेशन र भरतपुर महानगरपालिकाबीच रङ्गशाला निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर महानगरपालिका–१६ को कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको २० बिघा जग्गामा क्रिकेट रङ्गशाला बनाउने सहमति भएको हो ।

रङ्गशालाको नाम ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ हुनेछ । गुरुयोजना तयार भएको दुई वर्षभित्र रङ्गशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउण्डेशनका प्रमुख सीताराम कट्टेल धुर्मुसले जानकारी दिए ।

आगामी छ महीनाभित्र सबै पूर्वाधार तयार गरी दुई वर्षभित्र काम सम्पन्न गरी महानगरलाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ । फाउण्डेशनले निर्माण कार्यलाई चुस्त बनाउन सल्लाहकमार समिति, मूल समिति, निर्माण तथा व्यवस्थापन समिति, कानून समिति, आर्थिक समिति, प्राविधिक समिति निर्माण गरिएको छ ।

रङ्गशाला निर्माणको लागत रु तीन अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीबाट प्राप्त हुने स्वेच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेशनले जनाएको छ । रङ्गशाला करीब ३० हजार दर्शक क्षमताको हुनेछ । रङ्गशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुने तथा अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का सम्पूर्ण मापदण्डहरु पूरा गर्ने बताइएको छ । रङ्गशाला कमलको फूल आकारको हुनेछ । बहुउपयोगी हुने यो रङ्गशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिनेछ उल्लेख छ ।

रङ्गशालाको निर्माण घोषणासँगै एस ट्राभल्सले रु तीन करोड दिने घोषणा गरेको छ । त्यसैगरी अल्का अस्पतालले रु २५ लाख, रवीराज सिंहले रु ११ लाख, कृष्ण आचार्यले रु पाँच लाख ५५ हजार ५५५ र मुक्तिनाथ विकास बैंकबाट रु पाँच लाख सहयोग गर्ने भएको छ । यसैगरी कलाकार बद्री पंगेनीले रु एक लाख, प्याब्सनकी दीपिका थापाले एक लाख १० हजार, मह सञ्चारले रु एक लाख पाँच हजारलगायत घोषणा भएको छ ।

नेपाललाई खेलकूदको केन्द्र बनाउन सके रोजगारको सिर्जना गर्ने, राष्ट्रलाई आर्थिक आम्दानी गराउँदै खेलको माध्यमबाट राष्ट्रराष्ट्रबीचको सम्बन्ध जोड्नुका साथै देशको नाम अन्तर्राष्ट्रिय जगतमा अझ उच्च बनाउन सकिने फाण्डेशनको विश्वास छ । शान्तिका अग्रदूत गौतमबुद्धका नामा निर्माण गरिने रङ्गशाला निमाणले धार्मिक पर्यटनको समेत सम्भावना रहेको छ ।

वि.सं.२०७५ माघ १७ बिहीवार १०:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

राष्ट्रिय गौरवका र ठूला आयोजना समयमै सम्पन्न हुन्छन् : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका तथा रूपान्तरणकारी...

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

लगानी प्रवर्द्धनमा भूमिका खेल्न निजी क्षेत्रलाई मन्त्री शर्माको आग्रह

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालमा अन्तर्राष्ट्रिय...

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

प्रधानमन्त्री ‘प्रचण्ड’ भन्छन्-देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन

मनहरी (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको अर्थतन्त्र गत...

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

गुणस्तरीय काम नहुँदा राज्यलाई अतिरिक्त दायित्व थपियो : प्रधानमन्त्री ‘प्रचण्ड’

हेटौँडा (मकवानपुर) । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्झौताअनुरूप गुणस्तरको काम...

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

जलवायु परिवर्तनको असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको...

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

निरन्तर सुनको मूल्यले नयाँ रेकर्ड ब्रेक गर्दै, आज २१ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार...