back

जोरपाटीबाट नौ जुवाडे पक्राउ

वि.सं.२०७५ माघ १७ बिहीवार

465 

shares
GLOBAL IME AD
NTC AD

१७ माघ, साँखु । काठमाडौँको बौद्धस्थित महानगरीय प्रहरी वृत्तले बुधबार राति जोरपाटीको एक खाजा घरबाट रु ८० हजारसहित नौ जुवाडेलाई पक्राउ गरेको छ ।

गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीमा वाङ्गेल लामाले सञ्चालन गरेको खाजा घरमा जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा सादा पोशाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको वृत्तका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

पक्राउ पर्नेमा काठमाडौँमा बस्दै आएका काभ्रेपलाञ्चोकका २३ वर्षीय अनिल तामाङ, उदयपुरका २२ वर्षीय मानबहादुर खत्री, रामेछापका ३६ वर्षीय सुकलाल तामाङलगायत रहेको उनले बताए । उनीहरुमाथि थप अनुसन्धान पछि कानूनबमोजिम मुद्दा चलाउने बताइएको छ ।

वि.सं.२०७५ माघ १७ बिहीवार १०:३४ मा प्रकाशित

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

पटक पटक विद्युत् सेवा अवरुद्ध हुँदा समस्यामा उपभोक्ता

खोटाङ । दश स्थानीय तह रहेको जिल्लाका ९६ प्रतिशत घर...

तटबन्ध नहुँदा बस्ती जोखिममा

तटबन्ध नहुँदा बस्ती जोखिममा

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च...

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

तानसेन (पाल्पा) । समयमै परेको पानीले नै किसानको मुहारमा खुसी...

बजार गएका प्रधानाध्यापक मृत भेटिए

बजार गएका प्रधानाध्यापक मृत भेटिए

मान्म (कालीकोट) । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक...

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको...

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आबमा ५९ हजार १२०...