Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

स्क्रब टाइफस रोगबाट एक महिलाको मृत्यु



scrub-typhus

१२ कात्तिक, चितवन । स्क्रब टाइफस रोगबाट आज चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको छ ।

कलेजका चिकित्सक डा शीतल अधिकारीका अनुसार पश्चिम चितवनकी ५१ वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो । बाह्र दिनअघिदेखि बिरामी परेकी ती महिला तीन दिनअघि मात्रै उपचारका लागि अस्पताल आएकी थिइन् ।

शरीरका महत्वपूर्ण अङ्गहरू काम गर्न नसक्ने अवस्थामा पुगेपछि अस्पताल भर्ना भएकी उनलाई बचाउन नसकिएको डा. अधिकारीले बताउनुभयो ।

यसअघि सोही कलेजमा स्क्रब टाइफस रोगबाट दुई बालिका र दुई महिलाको मृत्यु भएको थियो ।

योसँगै चितवनमा स्क्रब टाइफस रोगबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि रत्ननगर र कालिका नगरपालिका एवम् भरतपुर उपमहानगरपालिकाको मङ्गलपुरका एक÷एकजनाको सोही मेडिकल कलेजमा मृत्यु भएको थियो ।

त्यसैगरी तनहुँ रुपाकोटकी एक महिलाको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

असोज मसान्तसम्ममा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका एक हजार ४२ जनामध्ये ३०७ जनामा स्क्रब टाइफस रोग पत्ता लागेको छ ।

मुसामा हुने एक प्रकारको (माइट) सुक्ष्म किराको टोकाइबाट यो रोग लाग्ने गर्दछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।