back
CTIZAN AD

स्क्रब टाइफस रोगबाट एक महिलाको मृत्यु

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

870 

shares

scrub-typhus

१२ कात्तिक, चितवन । स्क्रब टाइफस रोगबाट आज चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको छ ।

कलेजका चिकित्सक डा शीतल अधिकारीका अनुसार पश्चिम चितवनकी ५१ वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो । बाह्र दिनअघिदेखि बिरामी परेकी ती महिला तीन दिनअघि मात्रै उपचारका लागि अस्पताल आएकी थिइन् ।

शरीरका महत्वपूर्ण अङ्गहरू काम गर्न नसक्ने अवस्थामा पुगेपछि अस्पताल भर्ना भएकी उनलाई बचाउन नसकिएको डा. अधिकारीले बताउनुभयो ।

यसअघि सोही कलेजमा स्क्रब टाइफस रोगबाट दुई बालिका र दुई महिलाको मृत्यु भएको थियो ।

योसँगै चितवनमा स्क्रब टाइफस रोगबाट मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ । यसअघि रत्ननगर र कालिका नगरपालिका एवम् भरतपुर उपमहानगरपालिकाको मङ्गलपुरका एक÷एकजनाको सोही मेडिकल कलेजमा मृत्यु भएको थियो ।

त्यसैगरी तनहुँ रुपाकोटकी एक महिलाको पनि उपचारको क्रममा सोही मेडिकल कलेजमा मृत्यु भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।

असोज मसान्तसम्ममा जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका एक हजार ४२ जनामध्ये ३०७ जनामा स्क्रब टाइफस रोग पत्ता लागेको छ ।

मुसामा हुने एक प्रकारको (माइट) सुक्ष्म किराको टोकाइबाट यो रोग लाग्ने गर्दछ ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ०३:१५ मा प्रकाशित

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ । सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ...

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

एमाले केन्द्रीय समितिको बैठक बस्दै, समानुपातिक सांसदको नाम पनि टुङ्गो लगाइने

काठमाडौँ । हालै सम्पन्न निर्वाचनको समीक्षा एवं समानुपातिक सांसदको नाम...

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

समानुपातिक उम्मेदवार सिफारिस गर्न रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न राष्ट्रिय...

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

स्कारपियोको ठक्करबाट एकको मृत्यु, ११ जना घाइते

मलङ्गवा ,सर्लाही । सर्लाहीको बरहथवामा स्कारपियोको ठक्करबाट एक जनाको मृत्यु...

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

आज काठमाडौंका यी स्थानमा विजुली काटिने

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा आज...

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

सडक विस्तारबाट विस्थापित व्यवसायीलाई राष्ट्र बैंकको उपहारः कर्जा पुनरतालिकीकरणको सुविधा

काठमाडौंः नेपाल राष्ट्र बैंकले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका...