Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

बाँकेमा मनाईयो शहिद दिवस




१७ माघ, बाँके । नेपाली जनताको सपना साकार पार्ने र्मिरमिरे बिहानी आए पनि बिहानीको आकाशमा कालो बादल लागेकाले जनताको आगंमा अझै घाम लाग्न नसकेको थर्ड एलायन्सका उप प्रादेशीक प्रमुख आलम खानले बताए । उनले भने, बादल फारेको छैन बरु गर्जन सहित देश भर मडारिएको छ । यो बादलको स्वभाविक उठान छ वा कसैले प्राविधिक रुपमा आफ्नो स्वार्थ पूरा गर्नका लागि कृतिम बादल लगाउने मुर्खता गरेको जिकिर गरे ।
नागरिक संबाद समूह र उपमहानगर स्तरीय बाल क्लब संजालले आयोजना गरेको शहिदहरु प्रतिको श्रद्धान्जली कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष सफिक बेहनाले संविधान सफल गराउनु आजको आवश्यकता भएको बताउँदै देशकाल, काल, परिस्थिति तथा सबै नेपाली मनका, नेपाली जनका आवाजहरु, भावनाहरु संविधानमा समेट्नुु जरुरी रहेको बताए । उनले देशको मुहार परिवर्तनमा भूमिका खेलेका मधेशी शहिदहरुलाई समेत राज्यले सम्मान गर्न जरुरी रहेको बताए ।

कार्यक्रममा संबाद समूहका संयोजक सहिल अन्सारीले सरकारले शहिद दिवसको दिनका बिदा नदिएर शहिदहरुको अपमान गरेको आरोप लगाए । देश र राष्ट लागी हाँसीहाँसी आफ्नो जीवनको आहुती दिने ती महान सपुत नै सहिद हुन् । तर जुन आकांक्षा साथ, जुन सपनाको साथ महान सहिदले जीवन उत्सर्ग गरे के साच्ची कै पुरा भएको छ ? बास्तवमा एउटा आधुनिक समाज निमार्णका लागी, एउटा स्वतन्त्र र पूर्ण प्रजातान्त्रीक मुलुक निमार्णको लागी जसरी सहिदले क्रान्तीको बिगुल फुको, निरकुंस शासान प्रणालीको समुल अन्त्यलागी शखंघोष गरे, त्यो मुताबिक के अहिले राज्य ब्यबस्था परिवर्तन भएको छ ? प्रश्न गम्भिर छ । शासन सन्चालकका टाउकाहरु परिबर्तन हुनु मात्र, परिबतर्न नभएको आरोप लगाए ।

यसै गरी नेपालगंज उप महानगरपालिकाले शहिद दिबसका अवसरमा नेपालगंजमा एक कार्यक्रमको आयोजना गरी शहिद दिवस मनाएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख डाक्टर धवल शम्सेर राणाले, राष्ट्रिय एकता, मेलमिलाप र एक अर्काको सम्मान हुने गरी सविधान निमार्ण गर्न जरुरी रहेको बताए । उनले हिमाल, पहाड, तराइ, मधेशमा बस्ने सबै जातजाती समुदाय, भाषा, धर्म, लिंगको समान अवसर र समृधीको ढोका खुल्ने गरी अबिलम्ब देशमा जारि समस्याको सम्बोधन हुन आवश्यक रहेको जिकिर गर्नु भयो । देश र जनताको सुख, शान्ति र प्रगती भए मात्र शहिदको सपना बल्ल पुरा हुने धारणा राखे ।

उपमेयर उमा थापा मगरले पुर्व मेची देखि पश्चिम महाकाली सम्म, दक्षिण मर्चवार देखि उत्तरको मुस्ताङ सम्म्का सम्पूर्ण जात जाति, भाषा, धर्म, लिङ्ग र समुदायको एकताको प्रतीक बन्ने गरि सम्बद्ध सबैले सार्थक सम्बाद गरि नया संविधानले समृद्धिको गन्तव्य पहिल्याएमा सहिदको सपनाको साकार हुने बताइन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पदबाट राजीनामा दिएका छन्। स्थानीय तहमा पार्टीकाे

बिहेमा आफ्न्त तथा साथी भाइले दिएको उपहारको पोको खोल्ने क्रममा एक बेहुलाको दुवै आँखा

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)को जित सुनिश्चित भएको

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय