Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

शेयर बिक्रीमा अग्रिम रकम नलिन स्टक एक्सचेञ्जको आग्रह



१७ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्जले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै त्यस्तो नगर्न नगराउन धितोपत्र दलाल व्यवसायीलाई आग्रह गरेको छ ।

धितोपत्र खरीद गर्दा अग्रिम रकम लिने व्यवस्था भए पनि बिक्री गर्दासमेत अग्रिमरुपमा रकम माग गरेको भन्ने गुनासो आएकाले त्यस्तो नगर्न तथा नगराउन आग्रह गरेको हो ।

धितोपत्र कारोवार सञ्चालन नियमावली, २०७५ लागू भएको र सो विनियमावलीको विनियम ८ मा कारोवार सदस्यले खरीद आदेश प्राप्त गर्दा सो आदेश कार्यान्वयन हुँदा कायम हुने अनुमानित रकमको कम्तीमा २५ प्रतिशत रकम सम्बन्धित आदेश दिने ग्राहकबाट अग्रिम रुपमा लिनुपर्ने भन्ने व्यवस्था रहेको छ तर सो व्यवस्था विपरीत धितोपत्र दलाल व्यवसायीले अग्रिम रकम बिक्री कारोवारका लागिसमेत माग गरेको पाइएको छ ।

स्टकले विनियममा भएको व्यवस्था विपरीत कुनै पनि कार्य नगर्न आग्रह गरेको छ । शेयर कारोवारमा संलग्नले धितोपत्र बिक्री गर्दासमेत अग्रिम रकम माग गरेको भन्दै स्टकमा गुनासो गरेकाले त्यस्तो आग्रह गर्नुपरेको स्टकका सुपरिवेक्षण शाखाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार