back

कृषि पढ्ने विद्यार्थीको कोटा बढाइदिन चीनसँग आग्रह

वि.सं.२०७५ माघ १७ बिहीवार

438 

shares
GLOBAL IME AD
NTC AD

१७ माघ, काठमाडौँ । कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् ।

आफूसँग शिष्टाचार भेटका लागि पुगेका नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलाई उनले पछिल्लो दिनमा निकै थोरै सङ्ख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेकाले त्यो सङ्ख्या बढाउन आग्रह गरेका हुन् ।

आधिकारिक रुपमा चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको सङ्ख्या बढाउन सके अन्य मुलुकमा रोजगारी गर्न जानेको सङ्ख्या घट्ने र त्यसले कृषिलाई नै टेवा पु¥याउने मन्त्री खनालले विश्वास व्यक्त गरेको उनको सचिवालयले जनाएको छ ।

उनले नेपालका हिमाली र पहाडी जिल्लामा प्रयोग हुने कृषि औजार चीनमै बनेकाले त्यसको अध्ययनका लागि पनि पढाइ र तालीम फलदायी हुने विश्वास व्यक्त गरेका थिए ।

मन्त्री खनालले नेपाली कृषकका लागि आधुनिक कृषि तालीमको व्यवस्था गर्न आग्रह गर्दै चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने गरी गत पुस ४ गते नै सहमति भइसकेको स्मरण गरे ।

सो परियोजनाका लागि नेपालका किसान र प्राविधिक कर्मचारी गरी कूल ६० लाई चीन लगेर र अन्य २४० किसानलाई नेपालमै तालीम दिइने सहमति भएको छ ।

मन्त्री खनालले कृषि क्षेत्रमा सहयोग आदानप्रदान गर्न कृषि मन्त्रालय, परराष्ट्र मन्त्रालय र चिनियाँ दूतावासबीच समन्वयकारी भूमिका निर्वाह गर्न एक कार्यदल बनाउन पनि प्रस्ताव गरेका छन् ।

जवाफमा राजदूत होउले थप छलफल गरेर छिट्टै नेपालले प्रस्ताव गरेअनुसार सहमति गर्न चीन तयार रहेको बताउनुभयो । उनले नेपाल र चीनबीच लामो समयदेखि मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई थप उचाइमा पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।

चीनले कृषि र प्रविधिमा निकै फड्को मारेको बताउँदै राजदूतले होउले एक असल छिमेकीको नाताले त्यो सीप नेपालका लागि पनि फलदायी हुने विश्वास व्यक्त गरे ।

वि.सं.२०७५ माघ १७ बिहीवार १५:२९ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...