back

नेपाल र जापानबीच मैत्रीपूर्ण फुटबल हुने

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार

933 

shares

१२ कात्तिक, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली र जापानको व्यावसायिक फुटबल टोलीबीच मैत्रीपूर्ण च्यारिटी फुटबल खेल आगामी मङ्सिर ४ हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र जापानी सामाजिक संस्था कलरबाथको संयुक्त आयोजनामा हुन लागेको उक्त मैत्रीपूर्ण खेल भूकम्पबाट क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका लागि सञ्चालन गर्न लागिएको यहाँ विहिबार आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले जानकारी दिनुभयो । सातदोबाटोस्थित एन्फा कम्लेक्सको मैदानमा केही अस्थायी प्यारापिट निर्माण गरी खेल खेलाइने तयारी समेत भइरहेको जनाइएको छ ।

कलरबाथ नेपालका अध्यक्ष गणेशमान लामाले भूकम्पले क्षतिग्रस्त भएका विद्यालय तथा फुटबल प्रशिक्षण दिन सकिने मैदान निर्माणमा च्यारिटीबाट उठेको रकम सहयोग गरिने बताउनुभयो । मैत्रीपूर्ण खेलका लागि सन् २००२ को विश्वकप फुटबलमा जापानबाट प्रतिनिधित्व गरेका टोडा काजुयुकीको नेतृत्वमा १६ सदस्यीय टोली मङ्सिर २ गते नेपाल आउनेछ ।

लनटनिस प्रशिक्षकले चीनमा प्रशिक्षण लिने

एसियन कोचेज कन्फ्रेन्समा सहभागी हुन नेपाली लनटेनिस प्रशिक्षक सूर्यभूषण वज्राचार्य आज चीनको गोन्झाव प्रस्थान गर्नुभएको छ । यही कात्तिक १२ देखि १६ गतेसम्म हुने कन्फ्रेन्समा एसियाली क्षेत्रमा लनटेनिसको विकास, यु–१२ र यु–१४ उमेर समूहका खेलाडीको स्तरवृद्धि र सामूहिक खेललाई कसरी मजबुत बनाउने भन्ने विषयमा ज्ञान दिइने प्रशिक्षक वज्राचार्यले जानकारी दिनुभयो । टेक्निकल, ट्याक्टिकल, ड्रिल, फिजिकल ट्रेनिङ लगायत विषयमा पनि जानकारी दिइनेछ ।

कन्फ्रेन्समा लेभल–२ श्रेणीदेखि माथिका प्रशिक्षक मात्र सहभागी हुन पाउनेछन् । नेपालमा वज्राचार्यसहित तीन जना मात्र लेभल–२ प्रशिक्षक छन् । बाँकी दुईमा कृष्णराज घले र शरद् लामा हुन् ।

अन्तर्राष्ट्रिय टेनिस महासङ्घ, एसियाली टेनिस महासङ्घ र चीन टेनिस सङ्घको संयुक्त आयोजनामा हुन लागेको कन्फ्रेन्स बेलायतका सिमोन जोन्स, अस्ट्रेलियाका माइकल रोबर्टसन तथा आइटिएफका मिगुल क्रेस्पो र सुरेश मेननले सञ्चालन गर्नेछन् ।

वज्राचार्यलाई अखिल नेपाल लनटेनिस सङ्घका महासचिव मनोहरदास मूल, कोषाध्यक्ष सञ्जय अमात्य, सदस्य निरेश श्रेष्ठ लगायतले आज बिदाइ गर्नुभयो । चीनबाट फर्केपछि कन्फ्रेन्सबाट आफूले सिकेको ज्ञानलाई बाँड्ने उद्देश्यले लनटेनिस सङ्घको सहयोगमा दुईहप्ते निःशुल्क क्याम्प सञ्चालन गरिने प्रशिक्षक वज्राचार्यले जानकारी गराउनुभयो ।

भेट्रान फुटबल शुक्रबारदेखि

तरुण दल ७ नं एकाइ, चाबहिलको आयोजनामा भेट्रान सेभेन ए साइड फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा आठ टोलीको सहभागिता रहने आयोजकका अध्यक्ष मिलन जोशीले जानकारी दिनुभयो । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरी लिग कम नकआउटका आधारमा खेल खेलाइनेछ । समूहका विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

विजेतालाई रु ३० हजार र उपविजेतालाई रु १५ हजार पुरस्कार प्रदान गरिनेछ । उत्कृष्ट खेलाडी, डिफेन्डर र किपरलाई गिफ्ट ह्याम्पर प्रदान गरिनेछ । दुईदिने प्रतियोगिताका खेल चाबहिलमा हुनेछ । पहिलो दिन चार खेल हुनेछन् । उद्घाटन खेल सिन्धु स्पोटर्स र कोकिलाबीच हुनेछ ।

वि.सं.२०७३ कात्तिक १२ शुक्रवार ०३:३३ मा प्रकाशित

Himalayan Life AD
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

साहारा फुटबल एकेडेमीलाई लुम्बिनी विकास बैंकको आर्थिक सहयोग

पोखरा । लुम्बिनी विकास बैंक लि. ले आफ्नो संस्थागत सामाजिक...

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

साफ महिला च्याम्पियनसिपः नेपाल भुटानसँग भिड्दै

कास्की । पोखरा अन्तरराष्ट्रिय फुटबल रङ्गशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको...

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

स्कटल्यान्डमाथि बङ्गलादेशको फराकिलो जित

कीर्तिपुर (काठमाडौँ) । आइसिसी महिला–टी २० विश्वकप ग्लोबल छनोट प्रतियोगिताअन्तर्गत...

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

गिनिज वल्र्ड रेकर्ड धारक सुनारलाई खेल विज्ञानमा मानार्थ विद्यावारिधि

काठमाडौँ । विभिन्न खेलको कला प्रदर्शनमा २१ पटकका गिनिज वल्र्ड...