Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

डुङ्गा दुर्घटना : मृतक सङ्ख्या ५२ पुग्यो



 

१८ माघ, ओबोक, जिबुटी ।  आप्रसावी बोकेको डुङ्गा दुर्घटनामा परी जिबुटीमा मृत्यु हुनेको सङ्ख्या बिहीबारसम्म ५२ पुगेको छ ।

अफ्रिकी मुलुक जिबुटीबाट यमनतर्फ गइरहेको दुई डुङ्गा शुक्रबार दुर्घटना हुँदा कम्तीमा १३० जना बेपत्ता भएका थिए भने १५ जनालाई जीवित अवस्थामा उद्धार गरिएको छ ।

यसैबीच धेरै मानवीय क्षति हुने यस्ता घटना तत्काल नियन्त्रण गर्न संयुक्त राष्ट्रसङ्घीय निकायहरूले क्षेत्रीय नेताहरूलाई आग्रह पनि गरेका छन् ।

उद्धारकर्ताहरूले घटनास्थल जिबुटीको उत्तरपूर्वी क्षेत्र ओबोकबाट शवहरू निकाल्ने क्रम चलिरहेको बताएका छन् । उनीहरूले खोजी तथा उद्धार कार्य चलिरहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने पनि बताएका छन् ।

दुर्घटना भएको डुङ्गामा रहेका अधिकाँश यात्रु इथियोपियाका नागरिक रहेको जनाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय