Logo
१२ जेष्ठ २०७९, बिहीबार
     Thu May 26 2022
E-paper
  English Edition
   Unicode
Logo

चीनद्वारा अन्य मुलुकको प्रविधिप्रति खुला र समावेशी बन्न अमेरिकालाई आग्रह



china

१८ माघ, बेइजिङ, चीन । (रासस÷सिन्ह्वा) अमेरिकालाई अरूको प्रविधि विकास र प्रगतिमा खुला तथा समावेशी दृष्टिकोण राख्न चीनले अमेरिकालाई आग्रह गरेको छ ।

संयुक्त राज्य अमेरिका विश्वको एक नम्बर प्राविधिक शक्ति हो तर उसले आफ्नो मात्रै विकासलाई फैलाउने र अन्य मुलुकको प्रगतिका लागि स्थान नदिने गर्न नहुने चीनका विदेशमन्त्रालयका प्रवक्ता गेङ सुवाङले नियमित पत्रकार भेटमा बेइजिङमा बिहीबार बताएका थिए ।

सुवाङको उक्त प्रतिक्रिया चीन–अमेरिकाबीच व्यापारबारे वाशिङटनमा वार्ता चलिरहेकै समय अमेरिकी सिनेट सेलेक्ट कमिटी अन इन्टिलिजेन्सका उपप्रमुख मार्क वार्नर तथा सिनेटमा अल्पसङ्ख्यक समुदायका नेता चाल्र्स स्कुमरले चीनलाई प्रविधिमा बौद्धिक चोरी गरेकोे अमेरिकी आरोपपछि आएको हो ।

अमेरिकाले अन्य मुलुकमाथि प्रबिधि विकास र प्रगतिमा जानीजानी गलत आरोप लगाउनु अविवेकी काम हो, प्रवक्ता गेङले भने ।

“चीनको प्राविधिक विकास चोरेर वा लुटेर आएको होइन, तर चिनियाँ जनता र वैज्ञानिकको कडा मेहनत र ज्ञानको उपज हो,” उनले सञ्चारकमीसँगको कुराकानीमा बताएका थिए ।

प्रतिस्पर्धा बजार अर्थतन्त्रको प्रतिस्पर्धाको महत्वपूर्ण विशेषता भएको बताउँदै गेङले अमेरिकालाई बढी वस्तुगत एवम् सहीरूपमा हेर्न र सम्झौताबाट अघि बढ्न आग्रह गरे ।

चीन र अमेरिकाबीचको प्राविधिक क्षेत्रमा प्रतिस्पर्धात्मक अस्तित्व स्वीकार गर्नु विल्कुल सामान्य कुरा हो, गेङले भन्नुभयो, जतिबेलासम्म यो स्वच्छ र नियममा आधारित बन्छ यस्तो प्रतिस्पर्धा प्रविधि विकासमा चीन र अमेरिकाका साथै समग्र विश्वका लागि उपकारी हुन्छ ।

“चीनले अमेरिकासँग प्रविधि क्षेत्रका अनुभव आदानप्रदान तथा थप सहकार्यका लागि मिलेर काम गर्न तयार रहेको र यो दुवै मुलुकसँगै समग्र विश्वको हितमा हुनेछ,” उनले भने ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिन्धुपाल्चोक । बाटोमा गुडिरहेको एम्बुलेन्स अनियन्त्रित भएर दुर्घटना हुँदा घरभित्र सुतिरहेकी वृद्धाको मृत्यु भएको

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी

ललितपुर । ललितपुर महानगरपालिकाको प्रमुखमा दोस्रो कार्यकालका लागि नेपाली कांग्रेसका चिरीबाबु महर्जन निर्वाचित भएका

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय