Logo
८ जेष्ठ २०७९, आईतवार
     Sun May 22 2022
E-paper
  English Edition
   Unicode
Logo

बागलुङमा स्थायी लेखा नम्बर लिने सङ्ख्यामा वृद्धि



१८ माघ, बलेवा । पछिल्लो समय आन्तरिक राजस्व कार्यालयमा स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि भएको छ ।

स्थायी लेखा नम्बर लिनकै लागि पोखरा पुग्नुपर्ने बाध्यताको अन्त्य भएपछि बागलुङमा स्थायी लेखा नम्बर लिनेको सङ्ख्यामा वृद्धि भएको हो । बागलुङमा आन्तरिक राजस्व कार्यालय स्थापना भएपछि बाग्लुङ, पर्वत, म्याग्दी र मुस्ताङका सर्वसाधारणलाई स्थायी लेखा नम्बर लिन सहज भएको छ ।

चालू आर्थिक वर्षको पहिलो छ महीनामा यस कार्यालयबाट एक हजार १६ जनाले स्थायी लेखा नम्बर लिएका छन् । तीन सय चार जनाले व्यक्तिगत र बाँकी सबैले व्यवसायीका रुपमा स्थायी लेखा नम्बर लिएका हुन् ।

गत असोज महीनामा स्थापना भएको कार्यालयले छोटो समयमा नै सोचेभन्दा धेरै स्थायी लेखा नम्बर उपलब्ध गराएको कार्यालय प्रमुख हेमराज सुवेदीले बताए । बाग्लुङमा कार्यालय स्थापना नहुने बेलासम्म स्थायी लेखा नम्बर लिनकै लागि धेरै खर्चेर पोखरा पुग्नुपर्ने बाध्यता थियो ।

कार्यालयले कार्यक्षेत्रभित्र सञ्चालन गरेको करदाता शिक्षा कार्यक्रमलेसमेत स्थायी लेखा नम्बर लिनेको सङ्ख्या बढाएको कार्यालय प्रमुख सुवेदीले बताए । “कुनै पनि आर्थिक क्रियाकलाप सञ्चालन गर्ने व्यक्ति, समूह तथा व्यावसायिक सङ्गठनले स्थायी लेखा नम्बर लिनुपर्ने व्यवस्था छ”, प्रमुख सुवेदीले भने, “यस विषयमा जानकारी नै नभएका कतिपय सर्वसाधारण करदाता शिक्षामा सहभागी भएपछि स्थायी लेखा नम्बर लिन आउनुभएको छ ।”

स्थापनापछिको चार महीनाको अवधिमा कार्यालयले बागलुङको बुर्तिबाङ, बाग्लुङ बजार, पर्वतको सदरमुकामलगायतका साना बजार, म्याग्दी र मुस्ताङमा गरी छ वटा करदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो ।

“करदाता शिक्षाले छुटेका करदातालाई कर तिर्न आउन र स्थायी लेखा नम्बर लिन सहयोग गरेको छ”, प्रमुख सुवेदीले भने, “यो छोटो अवधिमा हामीले लक्ष्यभन्दा धेरै कर सङ्कलन गर्नुमा पनि करदाता शिक्षाको महत्वपूर्ण भूमिका रहेको छ ।”

कार्यालयले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा लक्ष्यको तुलनामा २८ प्रतिशत बढी राजस्व संक्कलन गरेको छ । उक्त अवधिका लागि कार्यालयलाई रु २३ करोड ४९ लाख ४३ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य तोकेको थियो । लक्ष्यको तुलनामा रु ३० करोड ६५ लाख ६० हजार बढी राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ । सङ्कलन भएका राजस्वमध्ये सबैभन्दा बढी आय कर छ ।

साविकको धवलागिरि अञ्चललाई कार्यक्षेत्र बनाएर स्थापना भएको कार्यालयले हालसम्म १५ हजार २७ जनालाई स्थायी लेखा नम्बर उपलब्ध गराएको जनाएको छ । तीमध्ये चार हजार ४६० व्यक्तिगत र बाँकी सबै व्यावसायिक प्रयोजनका लागि दर्ता भएको कार्यालयको तथ्याङ्क छ ।

मूल्य अभिवृद्धि करमा दर्ता हुने सङ्ख्या पनि उच्च देखिएको छ । कार्यालयको तथ्याङ्कअनुसार चार जिल्लाबाट एक हजार ४९९ व्यवसायीले दर्ता भएर मूल्य अभिवृद्धि कर तिर्दै आएका छन् । नयाँ व्यवस्थानुसार घरबहाल कर, सम्पत्ति करलगायतका कर सम्बन्धित स्थानीय तहले लिने व्यवस्था रहेको भए पनि सर्वसाधारण भने कार्यालयमा आउने गरेका छन् ।

“कतिपय पुरानो बाँकी रहेकाले कार्यालयमा आएर भुक्तानी गरिरहनुभएको छ”, प्रमुख सुवेदीले भने, “कतिपयलाई स्थानीय तहमा नै बुझाउन मिल्ने जानकारी नभएका कारण कार्यालयमा आउने गर्नुभएको छ ।” शिक्षा, स्थायीलगायतका सेवामा हालै सरकारले छुटको व्यवस्था गरेको भए पनि बक्यौता रकम भने उठिरहेको कार्यालयले जनाएको छ ।

बलेवा महोत्सव फागुनमा

बलेवाका विभिन्न क्षेत्रको पहिचान बढाउने र शैक्षिकक्षेत्रको विकास गर्ने उद्देश्यले प्रथम बलेवा महोत्सव आयोजना गरिने भएको छ ।

नारायणस्थान सामाजिक सेवा प्रतिष्ठानको अगुवाइमा बलेवाका सबै क्षेत्रको पहिचान झल्कने गरी आगामी फागुन २ देखि १२ गतेसम्म महोत्सव गर्न लागिएको हो । बलेवामा रहेका कृष्ण गण्डकी क्याम्पसमा अक्षयकोष स्थापना गरेर शैक्षिक क्षेत्रको विकास गर्ने लक्ष्यसहित महोत्सव राखिएको प्रतिष्ठानका अध्यक्ष भरत पौडेलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी र्दिए ।

चौबिसे राजाको पालादेखि बलेवाको अस्तित्व रहेकाले तत्कालीन महत्वका वस्तुको बिस्तार र प्रचार गर्ने, बलेवामै रहेका भैरवस्थान, विमानस्थल लगायतको प्रवद्र्धनका लागि पनि महोत्सव उपयोगी हुने बताइएको छ ।

महोत्सवकै अवसर पारेर बलेवा जाने गरी बनेका अग्ला झोलुङ्गे पुल, यान्त्रिक पुल र निर्माणाधीन बञ्जीजम्पको प्रचारप्रसारसमेत हुने उनीहरुको विश्वास छ ।

बलेवामा उत्पादन हुने कृषि वस्तुको बजारीकरण, अन्य घरेलु उद्योगको विकास तथा वस्तुको बजार खोज्ने काममा पनि महोत्सव उपयोगी हुने उनीहरुको भनाइ छ ।

महोत्सव सफल बनाउँदा आर्थिक, सामाजिक र सांस्कृतिकरुपमा जिल्लाको पहिचान बढ्ने पूर्वसांसद प्रकाश शर्मा पौडेलको भनाई छ ।

बलेवाका रुपमा चिनिने नारायणस्थान, पँैयुपाटा, अमलाचौर, भकुण्डे, रायडाँडा र कुश्मीसेरासमेतलाई समावेश गरेर आगामी दिनमा विभिन्न क्रियाकलाप गर्ने योजना पनि छ । महोत्सवबाट पैसा बचाएर क्याम्पस सञ्चालनका लागि अक्षयकोष बनाउने योजना रहेको आयोजकले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय

काठमाडौं । काठमाडौंको मेयरका लागि भएको निर्वाचनको मतगणना जारी छ । आइतबारसम्म एक लाख

काठमाडौं । २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा मधेशमा माओवादी केन्द्र बलियो पार्टीको रुपमा

गण्डकी । स्थानीय तह निर्वाचन–२०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता गठबन्धन र