Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

युएईद्वारा जीतका लागि नेपालसामु १०८ रनको लक्ष्य



१८ माघ, काठमाडौँ । घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई)ले दोस्रो टी–२० क्रिकेटमा नेपाललाई जीतका लागि १०८ रनको लक्ष्य दिएको छ । दुबईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १०७ रन मात्र बनाउनसक्यो ।

युएइका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन जोडे । यस्तै शाइमन अनवरले १४ र मोहमद बोताले ११ रन बनाए । युएइका छ ब्याट्सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् । युएईलाई थोरैमा समेट्न नेपालका अविनाश बोहराले तीन तथा सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले दुई/दुई विकेट लिए ।

नेपालविरुद्धको तीन खेलको टी–२० सिरिजमा युएई १–० ले अघि छ । पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । आज नेपाल जीत निकाल्दै सिरिज १–१ को बराबरी गर्न चाहन्छ । आजको खेलमा पराजय व्यहोरेमा नेपालले एक खेलअगाबै सिरिज गुमाउनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्