back

एक वर्षमा २६ शान्ति सेना मारिए

वि.सं.२०७५ माघ १८ शुक्रवार

492 

shares
GLOBAL IME AD
NTC AD


१८ माघ, संयुक्त राष्ट्रसंघ (रासस/सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घबाट शान्ति स्थापनाका लागि खटिएका मध्ये सन् २०१८ मा २६ जना शान्ति सेनाको मृत्यु भएको छ ।

राष्ट्रसङ्घको नेतृत्वमा खटिएका ३४ मध्ये २६ जना राष्ट्रसङ्घका कर्मचारीको मृत्यु भएको हो भने अरु आठ जना सर्वसाधारण परेका छन् ।

उनीहरु सबै जना घृणित आक्रमणमा परी मारिएको राष्ट्रसङ्घीय प्रवक्ता स्टेफन दुजार्रिकले बिहीबार जानकारी दिए ।

यद्यपी, सन् २०१८ मा मारिनेहरुको संख्या पछिल्ला पाँच बर्षमा सबैभन्दा कम भएको पनि उनले बताए । यो संख्या सन् २०१७ को भन्दा आधा कम भएको नियमित पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।

राष्ट्रसङ्घले तयार पारेको प्रतिवेदन अनुसार सबैभन्दा धेरै ११ जना अफ्रिकी मुलुक मालीमा मारिएका छन् । त्यसपछि धेरै प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा आठ जना र मध्य अफ्रिकामा सात जना मारिएको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१२ देखि अहिलेसम्म शान्ति स्थापना कार्यमा खटिएका मध्ये तीनसय ४४ जना विभिन्न आक्रमणमा परी मारिएको राष्ट्रसङ्घले जनाएको छ ।

वि.सं.२०७५ माघ १८ शुक्रवार १८:०६ मा प्रकाशित

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा

नोमपेन(कम्बोडिया) । चिनियाँ राष्ट्रपति सी जिनपिङ बिहीवार कम्बोडियाको भ्रमणका लागि...

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

अमेरिकासँग व्यापार युद्ध लड्न नडराएको चीनको भनाइ

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वार्ताको टेबुलमा आउने कुरा...

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

अमेरिकासँग कर विवाद बढेपछि चीनद्वारा नयाँ बाणिज्य दूत नियुक्त

बेइजिङ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयातमा लगाएको करवृद्धिको विरोधमा...

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

कर वृद्धिबारे निर्णय अब चीनको हातमा : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेइजिङले बोइङ सम्झौताबाट पछि...

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

रुसी आक्रमणबाट चार युक्रेनीको मृत्यु

किएभ, युक्रेन । पूर्वी युक्रेनको खार्किभ क्षेत्रमा सोमवार भएको रुसी...

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

संरक्षणवादले ‘गन्तब्यमा पुगिँदैन’ : चिनियाँ राष्ट्रपति सी

हनोई । चिनियाँ राष्ट्रपति सी चिनफिङले भियतनामको भ्रमणका साथ दक्षिणपूर्वी...