Logo
६ जेष्ठ २०७९, शुक्रबार
     Fri May 20 2022
E-paper
  English Edition
   Unicode
Logo

अठार वर्षदेखि सिक्रीले बाँधिएर गोठको बास



१९ माघ, बर्दिया । गोठ मानिसले आफूले पालेका गाईगोरु, भैँसी बाँध्ने ठाउँ हो । गोठमा गाई, भैँसी, बाख्रा नै राखिन्छ, बाँधिन्छ तर बाँसगढी नपा–४ शङ्खरियाका ४० वर्षीय फुलराम थारू त्यही गोठमा गाईगोरुसँगै नजिकै बाँधिएर बस्न थालेको १८ वर्ष पुगिसक्योभन्दा विश्वास नलाग्ला तर त्यही सत्य हो । आफ्नै घर छेउमा रहेको गोठमा उनी १८ वर्षदेखि खुट्टामा सिक्रीले बाँधिएर पशुसरह बस्न बाध्य छन् ।

घरका सदस्यले उनलाई रहरले बाँधेर राखेको भने होइनन् । १८ वर्ष अघिसम्म उनी अन्य सामान्य मानिससरह दैनिकी कार्य गर्दै जीवन बाँचीरहेका थिए तर अचानक उनको बानी व्यवहारमा सामान्यभन्दा फरक आनीबानी देखिन थाल्यो । एक शुरमा हिँड्न थाले । कसैले बोलाइ दिए वा चलाइ दिए नजिक भेट्टाएको जुनकुनै हतियारले आक्रमण गर्न थालेपछि भने परिवारका सदस्यलाई समस्या पर्न थालेपछि बाँधेर राख्नुको विकल्प नरहेको बुबा आइतबारी थारूले बताए ।

घरकै आफ्नै दाजुलाई लाठ्ठीले हानेर बेहोस बनाएका थिए । आफैँले जन्माएको छोरालाई निधारमा हानेर घाइते बनाए । उनको निधारमा लागेको घाउमा टाँका लगाउन परेको थियो । त्यसपछि झनै फुलरामलाई गोठमै हल गोरुसँगै बाँधिएर बस्न परेको छ ।

गोठको सबैतिर खुला छ । एकातिरको खम्बामा सिक्रीले बाँधेर उनको खुट्टा पनि बाँधिएको छ । बस्न र सुत्नका लागि छेउमै दुईवटा काठको पटरा राखिएको छ । उनी उठेर हिँड्न परेको खण्डमा आधा मिटर वरिपरि मात्रै हिँड्न सक्छन् । सुत्न पर छेउमै राखिएको दुई काठको पटराकै सहारा लिनुको विकल्प छैन । फुलराम जो कोहीले गरेको कुराकानी बुझ्छन् । कसैले उनीसँग कुरा गर्न खोजे पनि उनी कुनै प्रतिक्रिया दिँदैनन् । भोक लागेको अवस्थामा आमा भोग लाग्यो खाना ल्याउँ भन्छन् । आफू खान मन लागेको खानेकुरा माग्छन् । आफू मात्रै खान्छौँ । मलाई दिँदैनाँै भन्दै रिसाउँछन् ।

बाँधिएको ठाउँमा उनको नजिक गएर सरसफाइ गर्न नसक्ने अवस्था भएकाले समस्या भएको आमा पार्वती थारूले बताइन् ।

फुलरामलाई मानसिक समस्या देखिन थाले पनि उनको परिवारले शुरुआतमा उपचार पनि गराएका हुन् । आर्थिक अवस्था कमजोर भएका कारण नेपालगञ्जसम्म लगेर मात्र उपचार गर्नसकेको बुबा आइतबारी थारूले बताए । सम्पत्तिको नाममा सुकुम्वासी आयोगले दिएको पाँच कट्ठा जमीन र बस्नलाई सानो छाप्रा मात्र छ । सबै बेची उपचारमा लगाउँ भने परिवार पाल्न समस्या हुने भएकाले जे होला सहन पर्ला भन्दै छोरालाई बाँधेर राख्नुको विकल्प नभएको दुखेसो बाबु आइतवारीले पोखे ।

बाँसगढी नपा–४ का वडाध्यक्ष रजमान थारूले फुलराम मानसिक रोगी रहेको र उनको अवस्था हेरि अपाङ्गताको रातो परिचयपत्र बनाउनका लागि सहयोगबाहेक केही पनि नगरेको र गर्न पनि नसकिने बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गत साता सम्पन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ६ महानगरको मतगणना चलिरहेको छ ।

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक कर्मचारीहरुको पोशाक परिवर्तन बारे सूचना जारी

काठमाडौं । नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्र्तगत शिक्षा तथा मानव स्रोत विकास

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गोरखामा अत्यन्तै उत्साहपूर्णंरुपमा पालिकाहरु जितेको छ । माओवादीले ०७४