back

घोषणा गरियो मात्र, सुत्केरी भत्ता पाएनन्

वि.सं.२०७५ माघ १९ शनिवार

531 

shares
GLOBAL IME AD
NTC AD

 

१९ माघ, बैतडी । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै सुत्केरी आमाले पाउनुपर्ने सुत्केरी भत्ता बैतडीका आमाहरुले पाउन सकेका छैनन् ।

सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत रु दुई हजार र सरकारको मापदण्ड अनुसार चार पटक जाँच गराएमा पाउनुपर्ने रु आठ सय चालू आर्थिक वर्षमा वितरण हुन नसकेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै आमालाई सुत्केरी भत्ता दिनुपर्ने नीति भए पनि सुत्केरी भत्ता वितरण गर्न नसकिएको हो ।

जिल्लाका १० वटै स्थानीय तहमा सुत्केरी भत्तावापतको रकम अपुग भएकाले सुत्केरी भत्ता वितरण गर्न नसकेको सम्बन्धित स्थानीय तहका स्वास्थ्य संयोजकले जनाएका छन् ।

सुत्केरी भत्ता समयमै वितरण गर्न नसक्दा सुत्केरी आमा रिसाउने गरेको चौखाम स्वास्थ्यचौकीका इन्चार्ज हेमन्तसिंह साउदले जानकारी दिए । स्वास्थ्य संस्थामा बच्चा जन्माउने वित्तिकै पाउनुपर्ने सुत्केरी भत्ता वितरण गर्न नसक्दा अब गाउँगाउँ गएर वितरण गर्नुपर्ने भएकाले समस्या हुने उनले बताए ।

यस्तै पुर्चौंडी नगरपालिकाले गएको वैशाखदेखि सुत्केरीभत्ता वितरण गर्न सकेको छैन् । सुत्केरीका लागि आएको रकम अपुग भएकाले समयमै वितरण गर्न नसकिएको पुर्चाैंडी नगरपालिकाका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरले जानकारी दिए ।

स्थानीय तहमा सुत्केरी भत्तावापतको रकम कम आएकाले वितरण गर्न नसकिएको मेलौली नगरपालिकाका स्वास्थ्य संयोजक नारायण चन्दले बताए ।

सरकारले स्वास्थ्य संस्थामा बच्चा जन्माएवापत आमाले रु एक हजार पाउने गरेकोमा चालू आर्थिक वर्षमा त्यसलाई बढाएर रु दुई हजार पाउने व्यवस्था गरेको थियो । तर सुत्केरीले पाउने भत्ता गत वर्षको भन्दा कम निकासा भएको स्थानीय तहले जनाएका छन् । सुत्केरी भत्ता नपाउँदा सेवाग्राही भने रुष्ट बनेका छन् ।

वि.सं.२०७५ माघ १९ शनिवार १४:३५ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली...

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...