back

आत्मरक्षाका लागि किशोरीलाई तालीम

वि.सं.२०७५ माघ १९ शनिवार

462 

shares
GLOBAL IME AD
NTC AD

१९ माघ, चितवन । महिलालाई आत्मरक्षाका लागि तालीम अपरिहार्य रहेको किशोरीले बताएका छन् । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले नारी सुरक्षा र सम्मानका लागि राष्ट्रव्यापी अभियानको रुपमा सञ्चालन गरेको मिसन साहसी तालीममा सहभागी किशोरीले यस्तो बताएका हुन् ।

बालकुमारी क्याम्पसमा अध्ययनरत सिर्जना पौडेल पछिल्लो समय समाजमा हुने गरेका महिला हिंसाका घटनालाई न्यूनीकरण गर्नका लागि पनि यस्ता तालीम आवश्यक रहेको बताउँछिन् । अहिले लिएको तालीमले आत्मविश्वास बढ्ने र शरीरको सुरक्षाका विषयमा ज्ञान दिएको पौडेलले बताइन् ।

भरतपुर महानगरपालिका–४ लङ्कु माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत ममता गौतम यो तालीमले कसैले आक्रमण ग¥यो भने कसरी बाँच्ने भन्ने ज्ञान दिएको बताए । तालीम नलिँदा कसरी बाँच्न सकिन्छ भन्ने सोच आफूमा भए पनि अहिले सहजरुपमा त्यस्ता अपराधीबाट बाँच्न सक्ने हिम्मत बढेको उनी बताउँछन् ।

विद्यार्थी परिषद्ले सञ्चालन गरेको यस अभियानमा चितवनका सबै स्कूल र क्याम्पसमा अध्ययनरत छात्रालाई आत्मरक्षाको तालीम सञ्चालन गर्दै आएको छ । शुक्रबार भरतपुरको गेष्टहाउस चौरमा दिइएको तालीमको समापन गर्दै चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले महिलालाई दिइने यो तालीम उत्तम रहेको बताए । यस्ता तालीमले समाजमा हुने विकृति र विसङ्गतिको अन्त्य गर्दै आत्मसम्मान र आत्मरक्षाका लागि सहयोग पुग्ने उनको भनाइ थियो ।

वि.सं.२०७५ माघ १९ शनिवार १४:५९ मा प्रकाशित

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

सरकारी कर्मचारीहरूको दोहोरो सुविधा कटौती गरिँदै

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारी कर्मचारीहरूले पेन्सन...

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

राजस्व बढ्ने आधार नभएकाले रुग्ण आयोजनामा बजेट कटौतीका लागि सुझाव

काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटका लागि स्रोतको...

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

रविको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सर्वोच्चमा...

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

कालीकोटमा ट्र्याक्टर दुर्घटना : चालकसहित चार जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको...

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

बलेरो आगलागीमा परेर निधन भएका र घाइतेको पहिचान

ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको...

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

बुलेरो गाडीमा आगलागी हुँदा चार जनाको मृत्यु, दुई घाइते

दिलकुमार लिम्बू र सन्तोष पुर्कुटी/फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट...