back

श्रीलङ्काद्वारा चीनसँग एक अर्ब डलर ऋण प्रस्ताव

वि.सं.२०७५ माघ १९ शनिवार

438 

shares
GLOBAL IME AD
NTC AD

 

१९ माघ, कोलम्बो (रासस/एपी) । श्रीलङ्काले राजधानी कोलम्बोबाट क्यान्डी सहर जोड्ने राजमार्ग निर्माणका लागि चीनसँग एक अर्ब डलर ऋण सहयोगका लागि आग्रह गरेको छ ।

श्रीलङ्कासँग विदेशी मुलुकलाई यसै वर्षमात्र करिब ६ अर्ब अमेरिकी डलर ऋण भुक्तानी गर्नुपर्ने दायित्व छ ।

अर्थ मन्त्रालयका प्रवक्ता एम। आर। हसनले राजमार्ग निर्माण सम्बन्धी ऋणका शर्तहरु स्वीकृत हुने अपेक्षा गरिरहेको बताए । श्रीलङ्काले हालैका वर्षहरुमा चीनबाट सबैभन्दा बढी ऋण प्राप्त गरिरहेको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनाको सरकारले विपक्षी महिन्दा राजापाक्षले मुलुकलाई चिनीया ऋणको जालोमा पारेको आरोप लगाउँदै आएको छ । तर, आर्थिक दबाब झेल्दै आएको वर्तमान सरकारले पुनः चीनसँग ठूलो परिमाणमा ऋण लिन लागेको छ ।

चीनसँगको निकटतालाई लिएर राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमासिङ्घेबीच राजनीतिक द्वन्द्व चर्किएको थियो ।

वि.सं.२०७५ माघ १९ शनिवार १६:३६ मा प्रकाशित

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

म्यान्मामा सुकीको बङ्गलाको लिलामी चौथो पटक असफल

याङ्गुन । म्यान्माका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको...

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

पाकिस्तानमा २२ वटा वातावरणीय नमूनामा पोलियो भाइरस रहेको पुष्टि

इस्लामावाद । पाकिस्तानका विभिन्न क्षेत्रबाट लिइएको २२ वटा वातावरणीय नमूनामा...

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

भारतमा पाकिस्तानका १६ युट्युब च्यानल प्रतिबन्धित, बीबीसीलाई औपचारिक पत्र

नयाँ दिल्ली । भारत सरकारले पहलगाममा भएको आतङ्ककारी आक्रमणपछि भारत...

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

रुसद्वारा दुई दशक यताकै उच्च २१ प्रतिशत ऋण लागत कायम

मस्को ।  रुसको केन्द्रीय बैङ्कले बढ्दो मुद्रास्फितिसँग जुध्नका लागि शुक्रबार...

ब्राजिलका   पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्राजिलका  पूर्वराष्ट्रपति ७५ वर्षीय कोलोर डि मेलो भ्रष्टाचारको आरोपमा पक्राउ

ब्रासिलिया ।  ब्राजिलका पूर्वराष्ट्रपति फर्नान्डो कोलर डी मेलोलाई भ्रष्टाचार र...

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

करका विषयमा चिनियाँ राष्ट्रपति सीसँग कुरा गरेको ट्रम्पद्वारा जानकारी 

वासिङ्टन ।   अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङसँग...