Logo
३ जेष्ठ २०७९, मंगलवार
     Tue May 17 2022
E-paper
  English Edition
   Unicode
Logo

शाक्य महाविहार सङ्घको नयाँ कार्यसमिति चयन



१९ माघ, काठमाडौँ । शाक्य महाविहार सङ्घको आज सम्पन्न पहिलो महाधिवेशनले शुभकाजी शाक्यको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्ष द्वयमा अमीरमान शाक्य तथा गौतम शाक्य, महासचिवमा संघरत्न शाक्य, सचिवमा राजेश शाक्य, कोषाध्यक्षमा चैतन्यराज शाक्य र सह–कोषाध्यक्षमा दीलिपरत्न शाक्य निर्विरोध चयन भएका छन् ।

त्यसैगरी, सदस्यहरुमा विजयरत्न असंबरे, रोशनबहादुर शाक्य, सुरेश शाक्य, आनन्दरत्न शाक्य, धर्मरत्न शाक्य, अमिरकुमारी शाक्य, दुर्गादेवी शाक्य र ज्योति शाक्य छन् ।

सङ्घले शाक्यवंशको पहिचानका लागि उत्कृष्ट योगदान पु¥याउनुहुने कीर्तिपुण्य महाविहार, लगं बहाःका हर्षमुनि शाक्यलाई ‘शाक्य रत्न’ उपाधि र मैत्रीपूर महाविहार, क्वाःबहाःका चक्रेश्वर धूपरत्न शाक्यलाई ‘ध्रुबतारा सम्मान’ प्रदान गरेको थियो ।

काठमाडौँ जिल्लाका प्रदेश सांसद राजेश शाक्यले काठमाडौँ उपत्यकाभित्रका महाविहारको मौलिक स्वरुपको जगेर्ना गर्न र सरकारबाट नियमित आर्थिक सहयोग प्राप्त गर्न एक महाविहार व्यवस्थापनि समिति खडा गर्नुपर्ने आवश्यकता औँल्याए भने ललितपुरका प्रदेश सांसद शोभा शाक्यले शाक्य ब बज्राचार्यहरुको थातथलो बहाः र बहीलाई छाडेर अन्यत्र बस्न जाने प्रवत्ति अनुचित भएको बताइन् ।

महाधिवेशनको सफलताको कामना गर्दै नदी सङ्गम महाविहार सर्वसङ्घ, खुशिबहीका अध्यक्ष रत्नमान शाक्य, लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा डा नरेशमान बज्राचार्य र बौद्ध विहार सङ्घ, ललितपुरका अध्यक्ष पुष्परत्न शाक्यले शुभकामना मन्तव्य राखेका थिए ।

महासचिव संघरत्न शाक्यले आगामी दिन सङ्घले शाक्य र बज्राचार्यहरुको बहाः तथा बहीहरुको अनुसन्धान गरी ऐतिहासिक तथ्यहरुको सङ्कलन र अभिलेखीकरण गर्ने, साउन महिनाको गुँला पर्वमा बनाइने धाःबाजाको प्रदर्शन गर्ने, विभिन्न क्षेत्रमा योगदान पु¥याउने २० जना शाक्य कुलपुत्र तथा कुलपुत्रीहरुलाई ‘राष्ट्रिय शाक्य सम्मान’ प्रदान गर्ने र शाक्य समुदायको ऐतिहासिक पर्वको रुपमा ‘शाक्य सङ्गायना’ आयोजना गर्ने कार्यक्रम तय गरेको जानकारी दिएका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

[caption id="attachment_202464" align="aligncenter" width="300"] नीलकण्ठ तिवारी[/caption]   गण्डकी प्रदेश पर्वत जिल्लाको पैयु गाउँपालिकामा निर्वाचित

काठमाडौं । शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । समाचार

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत आइतबार अपरान्हसम्म ३२ पालिकाको मतगणना सकिएको छ । ३२

दमौली । स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा छ वडाको मतपरिणाम सार्वजनिक भएको छ । आइतबार