Logo
५ जेष्ठ २०७९, बिहीबार
     Thu May 19 2022
E-paper
  English Edition
   Unicode
Logo

जापानबाट फर्किएर बङ्गुरपालन



१९ माघ, दमौली । जापानमा फलाम कारखानामा काम गर्दा पूर्णबहादुर आलेले राम्रै आम्दानी गर्थे। दश वर्षसम्म त्यहाँ कार्यरत रहँदा आलेले पैसा त कमाए तर आत्मसन्तुष्टि कमाउन सकेनन् ।

अर्काको निर्देशनमा काम गर्नुभन्दा आफैँले सानो व्यवसाय गर्नसके आत्मसम्मान र प्रतिष्ठान हुने उनलाई थाहा थियो, तर बाध्यताले उनलाई वैदेशिक रोजगारको बाटो डो¥याएको थियो । जापानमा काम गरेर फर्किएपछि आफैँले केही व्यवसाय शुरु गर्छु भन्ने सोच राखेका आलेले आफ्नै ठाउँमा आएर अहिले बङ्गुरपालन गरिरहेका छन् ।

तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका आलेले विसं २०६८ मा भानु कृषि तथा पशु फार्म दर्ता गरेर बङ्गुरपालन गरेका छन् । आफ्नै पेशा व्यवसाय भए अरुको निर्देशनमा काम गर्न नपर्ने र आफूले मेहनत गरेपछि आफैँलाई नै हुने आलेको भनाइ छ ।

उनले भने, “नेपालमै बसेर सानो व्यवसाय गरे पनि इज्जत र प्रतिष्ठा छ ।” बङ्गुर तथा बाख्राको पाठापाठी उत्पादन गर्ने र अर्गानिक तरकारी उत्पादन गर्ने उद्देश्यसहित फार्म स्थापना गरे पनि अहिले भने बङ्गुरका पाठापाठी मात्रै उत्पादन गरी बिक्री गरिरहेको उनले बताए । रु ४० लाखको लगानीमा व्यवसाय शुरु गरेका आलेको अहिले रु एक करोडभन्दा बढी लगानी भइसकेको छ ।

उनको फार्मबाट वार्षिक ५०० बङ्गुरका पाठापाठी उत्पादन हुने गरेका छन् । बङ्गुरको पाठापाठी बिक्री गरेर वार्षिक रु आठ लाखभन्दा बढी नाफा हुने गरेको उनले जानकारी दिए । बङ्गुरको पाठापाठीको जिल्लाभित्रै निकै नै माग भए पनि मागअनुसार पु¥याउन नसकेको उनले बताए । उनका अनुसार एउटा पाठापाठी रु पाँच हजारसम्म बिक्री हुने गरेको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गोरखाका ११ पालिकामध्ये बिहीबारसम्म १० पालिकाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।

काठमाडौं । गत शुक्रबार सम्पन्न स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

काठमाडौं । नेकपा (एमाले)का नेता तथा पूर्वसञ्चारमन्त्री गोकुल बाँस्कोटाको गृहपालिकामै एमाले पराजित भएको छ

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा नेकपा माओवादी केन्द्रका विष्णु बहादुर विष्ट विजयी भएका छन्