Logo
११ जेष्ठ २०७९, बुधबार
     Wed May 25 2022
E-paper
  English Edition
   Unicode
Logo

यो साता रु एक अर्ब २९ करोडको शेयर कारोवार



१९ माघ, काठमाडौँ। धितोपत्र बजारमा यस साता कूल १६८ कम्पनीको ४४ लाख ६६ हजार ५६८ कित्ता शेयर रु एक अर्ब २९ करोड ३६ लाख ४९ हजार ७३७ मूल्यमा खरीद बिक्री भएका छन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक समेत यस साता सामान्य अङ्कले घटेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झ¥यो । स्टकका अनुसार सो दिन कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको दोस्रो दिन कारोवार मापक नेप्से परिसूचक २.७९ विन्दुले बढेर एक हजार १६४.८९ विन्दुमा पुग्यो । सो दिन कूल १६५ कम्पनीको आठ लाख ७१ हजार ८२८ कित्ता शेयर रु २२ करोड ४३ लाख १६ हजार ५२७ मा खरीद बिक्री भए ।

साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झ¥यो । सो दिन कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर रु ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भए ।
बुधबार कारोवार मापक नेप्से परिसूचक शून्य दशमलव ४ विन्दुले घटेर एक हजार १६० दशमलव ५९ विन्दुमा कायम रह्यो । सो दिन कूल १६८ कम्पनीको पाँच लाख ७२ हजार ७७५ कित्ता शेयर रु १९ करोड २० लाख ९४ हजार ४९२ मूल्यमा खरीद बिक्री भए ।

यस्तै साताको अन्तिम दिन बिहिबार कूल १६८ कम्पनीको नौ लाख सात हजार ३१४ कित्ता शेयर रु २७ करोड ३३ लाख ८७ हजार ४४३ मूल्यमा खरिद बिक्री भयो । सो दिन नेप्से परिसूचक १.०४ विन्दुले बढेर एक हजार १६१.६३ विन्दुमा कायम भइ बजार बन्द भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोखरा । पोखरा महानगरपालिकाको मेयरमा (एकिकृत समाजवादी) पार्टीका धनराज आचार्य विजयी भएका छन् ।

अबुधाबी । संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबीमा रहेको एक रेस्टुरेन्टमा ग्यास सिलिन्डर विस्फोट हुँदा

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

काठमाडौं । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा २५

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय