१९ माघ, विराटनगर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृृकाप्रसाद यादवले मुलकको विकास र समृद्धिका लागि आन्दोलन गर्ने सोच त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन् ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा उनले मुलुकको आर्थिक विकासको वाधक आन्दोलन भएकाले त्यसलाई त्याग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका हुन् ।
उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले बैँकले लिने ब्याजलाई सरकारले अविलम्व घटाउनुपर्ने माग गर्दै विगत केहीदिनदेखि विरोधका विभिन्न कार्यक्रम गरिरहेको सन्दर्भमा मन्त्री यादवले सो कुरा भनेका हुन् ।
मन्त्री यादवले आर्थिक समृद्धिको अभियानमा मुुलुुक अगाडी बढेकाले अब आन्दोलनको औचित्य नभएको वताउदै सहमति र सहकार्यबाट समस्याका समाधान निकाल्नुपर्नेमा जोड दिए ।
निजी क्षेत्रको समस्याप्रति सरकार गम्भीर भएको उल्लेख गर्दै उनले औद्योगिक उत्पादन वृद्धि गरेर वैदेशिक व्यापार घाटा कम गर्नेतर्फ लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरे ।
उनले भने, “समृद्ध नेपाल सुखी नेपाली सबै नेपालीको साझा लक्ष्य भएकाले यसलाई सफल वनाउन सबैको सहयोग र सहकार्य आवश्यक छ ।”
प्रदेश नं १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदिश कुुसैयतले उद्यमीको समस्या समाधानका लागि प्रदेश सरकार लागिपर्ने प्रतिवद्धता व्यक्त गरे ।