back

प्रदेश नं ५ का नगर प्रमुखहरु दाङमा, जग्गा बाँझो नराख्ने नीति

वि.सं.२०७५ माघ २० आइतवार

423 

shares
GLOBAL IME AD
NTC AD

 

२० माघ, लमही  । प्रदेश नं ५ का १७ नगरका प्रमुख तथा प्रशासकीय अधिकृतहरु दाङको तुलसीपुरमा भेला भएका छन् ।

नेपाल नगरपालिका सङ्घको आयोजनामा तुलसीपुरमा शुरु भएको स्थानीय विपद् तथा जलवायु उत्थानशील योजनासम्बन्धी दुईदिने अन्तर नगरपालिका सिकाइ कार्यक्रममा सहभागी हुन उनीहरु तुलसीपुर आएका हुन् ।

पहिलो दिन शनिबार कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नेपाल नगरपालिका सङ्घका कोषाध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख घनश्याम पाण्डेले जग्गा बाँझो राख्दा विपद् बढ्ने गरेको बताए ।

“जग्गामा नियमित खेतीपाती गर्ने हो भने पानी सोस्ने र जग्गा बलियो हुनेहुन्छ”, उनले भने, “तर बाँझो राख्दा पानी नसोस्ने र पहिरो जाने खतरा हुन्छ ।” त्यसैले तुलसीपुर उपमहानगरपालिकाले जग्गा बाँझो नराख्ने नीतिलाई पनि अघि सारेको उनले बताए ।

पहिलो दिन तुलसीपुर उपमहानगरपालिका, बुटवल उपमहानगरपालिका, लमही नगरपालिका, प्यूठान नगरपालिका, बाणगङ्गा नगरपालिका, स्वर्गद्वारी नगरपालिका लगायतका प्रमुख तथा प्रशासकीय अधिकृतले विपद् न्यूनीकरण गर्न अ–आफ्नो धारणा राखेका थिए । उक्त कार्यक्रम आजसम्म चल्नेछ ।

वि.सं.२०७५ माघ २० आइतवार ०८:१७ मा प्रकाशित

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई जना घाइते

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तरगत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ गल्छिनामा गए राति...

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

राजनीतिक स्थिरताका निम्ति संविधान संशोधन जरुरी : प्रचण्ड

लुम्बिनी । पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का...

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

बाढीपहिरोले भेडीगोठका २६ बाख्रा पुरिए

सिमकोट, (हुम्ला) । हुम्लामा आज बिहान अत्यधिक वर्षा हुँदा अदानचुली...

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्जको जनजीवन सामान्य हुँदै

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगर क्षेत्रमा हनुमान् जयन्तीको शोभायात्राको क्रममा...

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

तीन हजार ३४ मेट्रिक टन तोरी उत्पादन

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष तीन हजार...

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

महानगरद्वारा हलगोरु पाल्ने किसानलाई अनुदान

गण्डकी । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार रु...