Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

दोस्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न, छिरिङ र गौरीमाया प्रथम



afFs]sf] /fKtLkf/L g/}gfk’/df klxnf] k6s ;’zf;g, ;d[l4 / ljsf;sf nflu cfh ePsf] k|yd g/}gfk’/ bf}8 @)&% sf] ;dfkg ;df/f]xdf cltly tyf k|ltof]uLx? . t:jL/ M /fs]zs’df/ ld> vh’/f, afFs], /f;;
बाँकेको राप्तीपारी नरैनापुरमा पहिलो पटक सुशासन, समृद्धि र विकासका लागि भएको प्रथम नरैनापुर दौड २०७५ को समापन समारोहमा अतिथि तथा प्रतियोगीहरु । तस्वीर : राकेशकुमार मिश्र खजुरा, बाँके, रासस

२० माघ, पोखरा । हिमालपारिको जिल्ला मुस्ताङको धार्मिक पर्यटकीयस्थल मुक्तिनाथमा दोस्रो राष्ट्रिय स्की प्रतियोगिता सम्पन्न भएको छ ।

नेपाल स्की एशोसिएशनको आयोजना एवं नेशनल ओलम्पिक कमिटी, नेशनल स्पोर्ट काउन्सिल र स्की स्नोबोडिङ फाउण्डेशन नेपालको संयोजनमा माघ १४ गते सोमबारदेखि शुरु प्रतियागिता शनिबार सम्पन्न भएको हो ।

देशका विभिन्न भागबाट २० पुरुष र आठ महिलासहित २८ जनाले प्रतिस्पर्धामा भाग लिएको स्की स्नोबोडिङ फाउण्डेशनका कोषाध्यक्ष सुरज काफ्लेले जानकारी दिए ।

प्रतियोगिताअन्तर्गत अलपाइन स्कीको सिनियर पुरुषतर्फ छिरिङ तेञ्जिङ शेर्पा प्रथम, कोङ्गा शेर्पा द्वितीय र सुकदेव थापा तृतीय बनेका छन् भने महिलातर्फ गौरीमाया तामाङ प्रथम, सङ्गीता लामा द्वितीय र सजनी लामा तृतीय बनेकी छन् ।

त्यस्तै अल्पाइन स्कीतर्फको जुनियर पुरुषतर्फ दीपेश लामा प्रथम, दिनेशकुमार बोहोरा द्वितीय र आंशिक गुरुङ तृतीय बनेका छन् भने महिलातर्फ लक्ष्मी राई प्रथम, प्रियङ्का गुरुङ द्वितीय र पालिसा बज्राचार्य तृतीय बनेका छन् ।

प्रतियोगिताको स्नो बोडिङ स्कीङमा पुरुषतर्फ रञ्जन केसी प्रथम, विवेक तिवारी क्षेत्री द्वितीय र नवीन तामाङ तृतीय बनेकोे कोषाध्यक्ष काफ्लेले जानकारी दिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित पक्का जस्तै देखिएको छ ।

लाहान । सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन्

काठमाडौं । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र) की नेतृ रेनु दाहाल विजयी भएकी

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय