Logo
१५ जेष्ठ २०७९, आईतवार
     Sun May 29 2022
E-paper
  English Edition
   Unicode
Logo

माइन्युट लुटिएपछि रेडक्रसको जिल्ला भेला स्थगन



२० माघ, काभ्रेपलाञ्चोक । प्रतिनिधि छनोटका विषयमा विवाद भएपछि नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक शाखाको आजको जिल्ला भेला स्थगन भएको छ ।

बनेपामा आयोजना गरिएको भेलामा विवाद चर्कंदै गएपछि सुन्थान उपशाखाका प्रतिनिधि नारायण सापकोटाले भेलाको माइन्युट लुटेर भागेपछि भेला स्थगन गरेको जिल्ला शाखाका सभापति रघुवर चौ प्रधानले बताए ।

उनका अनुसार पनौतीको खरिबोट र बनेपाको टुकुचा उपशाखाको प्रनिनिधि चयनमा एकलौटी भएको उजुरी परेपछि विवाद चर्किएको हो । “विवादित शाखाको प्रतिनिधि सहभागी नगराऔँ, पछि समस्या समाधान गरौँला भनेपछि, सापकोटाले दुवै शाखाको प्रतिनिधि सहभागी गराउनुपर्छ भनेर दबाब दिँदै भेलाको माइन्युट लुटेर भागे” शाखा सभापति प्रधानले भने । सापकोटा नेपाल पत्रकार महासङ्घ काभ्रेपलाञ्चोकका पूर्वअध्यक्षसमेत हन् ।

खरिबोट उपशाखाका सभापति प्रदीप केसी र टुकुचा उपशाखाका सभापति चेतप्रसाद घिमिरेले विधानविपरीत बैठक राखेर एकलौटीरुपमा प्रतिनिधि पठाएको विषयले चर्को रुप लिएपछि भेला स्थगत गरिएको हो । केसी पनि स्थानीय एक साप्ताहिक पत्रिकाका प्रकाशक÷सम्पादक छन् ।

रेडक्रसको विधानअनुसार प्रतिनिधि बोलाउँदा एक हप्ताअघि नै कार्यसमिति सदस्यलाई पत्र काटेर बोलाउनुपर्नेमा टुकुचा उपशाखाले शुक्रबार राति प्रतिनिधि चयनको माइन्युट बनाई पेश गरेको उपसभापति साधुराम दाहालले बताए ।

खरिबोट उपशाखाले पनि कार्यसमितिका सचिव, उपसचिवलगायत अधिकांश सदस्यलाई थाहा नदिइ प्रतिनिधि छनोट गरी पठाएको उपसचिव गुरु बञ्जाराले बताए ।

विधानतः सबै उपशाखाबाट पाँच पाँच जना प्रतिनिधि जिल्ला भेलामा आउन पाउने र अधिवेशनमा भोट खसाल्ने अधिकार राख्छन् । काभ्रेपलाञ्चोकमा रेडक्रसको २९ वटा उपशाखा छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । विश्वका २० देशमा मङ्कीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन

काठमाडौं । भरतपुर महानगरपालिकामा २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पनि दलहरुका बीच चुनावी