back

इरानद्वारा लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको दावी

वि.सं.२०७५ माघ २० आइतवार

402 

shares
GLOBAL IME AD
NTC AD

२० माघ, तेहरान, इरान (रासस/एएफपी) । इरानले एक लामो दूरीको क्षेप्यास्त्रको सफल परीक्षण गरेको शनिबार जनाएको छ ।
एक हजार ३५० किलोमिटर टाढा हान्ने क्षमता रहेको नयाँ मिसाइलको नाम भने बताइएको छैन ।
इरानले १९७९ मा भएको ‘इस्लामिक क्रान्ति’ दिवस मनाइरहेका समय नयाँ मिसाइलको परीक्षण हुनुलाई संयोग मात्र भएको जनाएको छ ।
“होभेइजेहबाट गरिएको क्षेप्यास्त्रले एक हजार २०० किलोमिटर टाढाको दूरीमा ठीक निशानामा हान्न सफल भएकोले यो परीक्षण सफल भएको छ,” इरानी रक्षा मन्त्री अमिर हतामीलाई उद्धृत गरी राज्य सञ्चालित टेलिभिजनले जनाएको छ । टेलीभिजनले परीक्षणको दृश्यचित्रसमेत देखाएको थियो ।
“इरानले शनिबार परीक्षण गरेका हतियार तयारका लागि छोटो समय मात्र लाग्ने र यो निकै होचो क्षेत्रमा पनि उड्ने क्षमता रहेका छ ।” उनले बताए ।
उनले लामो दूरीको हतियार आफ्नो सुरक्षाका लागि प्रयोग गरिने बताए ।

वि.सं.२०७५ माघ २० आइतवार ०९:१९ मा प्रकाशित

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

आक्रमणपछि भारतमा काश्मीरी विद्यार्थीहरूलाई धम्की

नयाँदिल्ली । हिमालय क्षेत्रमा भएको भीषण आक्रमणमा दुई दर्जनभन्दा बढी...

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेनमा ड्रोन आक्रमण हुँदा नौ जनाको मृत्यु

युक्रेन । युक्रेनी क्षेत्र ड्निप्रोपेट्रोभस्कमा कामदारहरू ओसारपसार गर्ने बसमा रुसी...

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

काश्मीरमा २६ जनाको हत्या गर्ने बन्दुकधारीको खोजीमा भारत

पहलगाम (भारत) । सन् २००० पछि काश्मीरका सर्वसाधारणमाथि भएको सबैभन्दा...

म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा

म्यान्मामा भूकम्पपछिको युद्धविराम समाप्त हुने क्रममा

याङ्गुन । गत महिनाको विनाशकारी भूकम्पपछि म्यान्मामा घोषणा गरिएको युद्धविराम...

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

चीनको डिजिटल क्षेत्रमा तीव्र वृद्धि : १३ प्रतिशत नयाँ निजी व्यवसाय डिजिटल क्षेत्रमा

बेइजिङ । चीनमा निजी क्षेत्रको विस्तार उल्लेखनीय रूपमा बढेको छ...

पोप फ्रान्सिसको निधन : भ्याटिकन

पोप फ्रान्सिसको निधन : भ्याटिकन

भ्याटिकन सिटी । पोप फ्रान्सिसको सोमबार ८८ वर्षको उमेरमा निधन...