Logo
१० जेष्ठ २०७९, मंगलवार
     Tue May 24 2022
E-paper
  English Edition
   Unicode
Logo

अमेरिका–चीन व्यापार वार्ता : महत्वपूर्ण प्रगति




२० माघ, वासिङ्टन, संयुक्त राज्य अमेरिका (रासस/सिन्ह्वा) । वासिङ्टनमा भएको चीन र अमेरिकाबीचको व्यापार वार्तामा महत्वपूर्ण प्रगति भएको वार्तामा सहभागी दुवै समूहले शनिबार जनाएका छन् ।

वार्ताका लागि वासिङ्टनमा रहेको चिनियाँ र अमेरिकी उच्च प्रतिनिधिमण्डलका सदस्यबीच चीन–अमेरिकाबीच देखिँदै आएको आर्थिक एवम् व्यापार विवादलाई समाधानका लागि बुधबार र बिहीबार छलफल भएको छ ।

चिनियाँ उप–प्रधानमन्त्री लिउ हेको नेतृत्वमा अमेरिका पुगेको वार्ता टोलीले समानान्तर अमेरिकी समूहसँग छलफल गरेपछि वातावरण सकारात्मक एवम् महत्वपूर्ण बनेको भन्दै अर्को चरणको लागि तालिका, कार्यदिशा र परामर्शका लागि दुवै समूहले सहमति जनाएका छन् ।

वार्ता सकारात्मक देखिएपछि बिहीबार नै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ टोली नेता तथा उप–प्रधानमन्त्री लिउसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन् ।

कठिन प्रयासपछि भएको प्रगति दुवै पक्षका राष्ट्रप्रमुखले अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्समा गत डिसेम्बरमा व्यापार विवादलाई समाधान गर्न गरेको सहमतिलाई गम्भीर कार्यान्वयनमा लाने सहमतिबाट सम्भव भएको हो ।

अजेन्टिनामा दुई देशका नेताले दुबै पक्षले आगामी ९० दिनभित्र आपसी हितका लागि सम्भौता गरी व्यापार विवादलाई टुङ्ग्याउने सहमति भए अनुरूप नै वार्ता अघि बढेको हो ।

महत्वपूर्ण प्रगति

दुइ दिने लामो वार्तामा अमेरिका र चीनका प्रतिनिधिले व्यापार सन्तुलन, प्रबिधि हस्तान्तरण, बौद्धिक सम्पत्तिको अधिकारको सुरक्षा, गैर–करमुलक अवरोध, सेवा क्षेत्र, कृषि र कार्य सम्पादन व्यवस्था साथसाथै चिनियाँ पक्षका विशेष चासोका केही बिषयमा पनि छलफल गरिएको छ । अहिलेसम्मको अवस्थामा वार्ताले महत्वपूर्ण प्रगति हाँसिल गरेको,चिनियाँ प्रतिनिधिमण्डलले जनाएको छ ।

दुवै समूहले दुईपक्षीय व्यापारमा थप सन्तुलित बनाउने उपायलाई अघि बढाउन सहमत भएका छन् ।
चिनियाँ पक्षले अमेरिकाबाट चीन आयात गर्ने कृषि, उर्जा, निर्माण तथा अन्य सेवामुलक सामानमा बिस्तार गर्ने र यसले चिनियाँ जनताको उच्च तथा गुणस्तरीय आर्थिक विकासको मागलाई सम्बोधन गर्ने चीनको विश्वास छ ।

दुई पक्षबीच चिनियाँ तथा अमेरिकी विशेष चासोबारे छलफल भएको र यसले तिनलाई गम्भीररूपमा सम्बोधन गर्ने बताइएको छ ।

वार्ताका क्रममा दुवै पक्षले प्रभावकारी दुईपक्षीय संयन्त्र निर्माण गरेर परामर्शबाट भएका सहमति र निस्केका उपायलाई अनुगमन गर्न आवश्यक रहेकोमा जोड दिएको छ । दुई शक्तिशाली अर्थतन्त्रका वार्ता टोलीबीच आगामी दिनमा निर्माण गरिने अनुगमन संयन्त्रको संरचना र आधारभूत कुराहरूमा सैद्धान्तिक सहमति बनेको छ । टोलीले समस्यालाई कम गर्न थप प्रयासलाई जारी राख्ने र अघि बढ्ने बिषयमा सहमति जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको भेटमा राष्ट्रपति सी चिनफिङको सन्देश सुनाउँदै चीन–अमेरिकाबीचको सम्बन्ध जटिल मोडमा रहेको बताएको पनि चिनियाँ टोली नेताले सञ्चारकर्मीलाई जानकारी गराएका छन् ।

सन्देशमा सीले चीन सहकार्य, समन्वय र स्थायित्वका लागि अर्जेन्टिना सहमतिमा अडिक रहने जनाएका बताइएको थियो ।
“हामीले गरेका सहमति अनुसार दुवै पक्षका आर्थिक समूहले गहन छलफललाई अघि बढाएका छन् र यसबाट सकारात्मक प्रगति भइरहेको छ, सीको सन्देशमा भनिएको छ ।”

त्यसैगरी भेटमा ट्रम्पले पनि व्यापार विवादबारे आफूले महत्वपूर्ण प्रगति भएको देखेको बताएका उप–प्रधानमन्त्री तथा वार्ता टोलीका नेता लिउले उल्लेख गरेका छन् । उनले अमेरिका–चीन सम्बन्ध सधै मजबुत रहने र दुई राष्ट्रप्रमुखको अगुवाईमा अघि बढ्ने बताए ।

“उक्त समय अमेरिकी राष्ट्रपतिले तत्कालै अर्थात् मध्य फेब्रुवरीसम्म अमेरिकी व्यापार प्रतिनिधि रोवर्ट लाइथिजर र ट्रेजरी सेक्रेटरी स्टेभेन मनुचिनको नेतृत्वमा एक टोली चीन पठाइने छ जसले परामर्शलाई थप गति दिनेछ,” ट्रम्पले लिउसँग बताए ।

चीनबारे प्रसिद्ध अमेरिकी विज्ञ रोबर्ट कुहनले सी र ट्रम्पले व्यापार विवाद मिलाउन सक्रिय नेतृत्व गरिरहेको बताए ।

“वार्ता साँच्चै दुवै पक्षको विजयको सहमतिका लागि अग्रसर बनेको र चीन,अमेरिका र समग्र विश्वका लागि महत्वपूर्ण उपलब्धीउन्मुख रहेको छ,” उनले सिन्ह्वा न्यूज एजेन्सीसँगको अन्तर्वार्तामा बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । स्थानीय तहको निर्वाचनको परिणाम आउनेक्रम जारी छ । हालसम्म ७ सय २९

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय