Logo
२७ जेष्ठ २०८०, शनिबार
     Sat Jun 10 2023
E-paper
  English Edition
   Unicode
Logo

मापदण्ड पूरा नगरेका मोटरबाटो सुधार गर्न निर्देशन



 

२० माघ,सल्यान । कपुरकोट गाउँपालिका–६ मा निर्माण गरिएका मोटरबाटो मापदण्डअनुसार नभएको पाइएको छ । गाउँपालिकास्तरीय अनुगमन टोलीले गरेको अनुगमनको क्रममा कपुरकोट गाउँपालिकाले बनाएको बाटो मापदण्डअनुसार चौडाइ नपुगेको पाइएको इञ्जिनीयर भुपेन्द्र ऐरीले जानकारी दिए ।

अनुगमन समितिका संयोजक तीला बुढामगरको संयोजकत्वमा रहेको अनुगमन समितिले कपुरकोट–६ मा निर्माण गरिएका जलवाङ– घोयलडाँडा–सिस्नेखोला मोटरबाटो निर्माण योजना, काफलबोट– डाँडागाउँ मोटरबाटो मर्मत योजना, भिङ्गारे–धाराबोट–सातामुल मोटरबाटो निर्माण योजना र रीम–छायाँनाथ मोटरबाटो मर्मत योजनाको अनुगमन गरेको थियो ।

यी मोटरबाटोको नापजाँच गर्दा कतिपय स्थानमा गाउँपालिकाको मापदण्डअनुसार चार मिटर चौडाइ हुनुपर्ने भए पनि त्यो भन्दा कम भएकाले त्यस्तो ठाउँमा सुधार गर्न सुझाव दिइएको संयोजक बुढामगरले जानकारी गराए । उपभोक्ता समितिका पदाधिकारी तथा मोटरबाटोको उपभोग गर्ने उपभोक्तालाई दीर्घकालसम्म फाइदा पुग्ने गरी मोटरबाटो निर्माण गर्नुपर्ने र निर्माण गरिएको बाटोको रेखदेख, मर्मतसम्भारमा स्थानीयवासीले नै सक्रियता देखाउनुपर्ने बुढामगरले सुझाव दिए ।

साथै अनुगमनको क्रममा कतिपय मोटरबाटोको मोड साँघुरो देखिएकाले सुधार गर्न निर्देशन दिइएको गाउँपालिकाका प्राविधिक प्रवीण शाहले बताए । सो अवसरमा जलवाङ– घोयलडाँडा–सिस्नेखोला मोटरबाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण पुन, काफलबोट–डाँडागाउँ मोटरबाटो मर्मत योजनाका अध्यक्ष कमानसिंह बस्नेत, भिङ्गारे–धाराबोट–सातामुल मोटरबाटो निर्माण योजनाका अध्यक्ष सीताराम बोहोराले गाउँपालिकाले बेलैमा अनुगमन गरी सुझाव दिएकामा धन्यवाद दिँदै इञ्जिनीयर तथा प्राविधिकले कमजोरी औँल्याएको ठाउँमा सुधार गर्ने प्रतिबद्धता जनाएका थिए ।

सुधार भएपछि फेरि नापजाँप गरी मूल्याङ्कन गरिने प्राविधिकले जनाएका छन् । अनुगमनमा वडा नं ६ का वडाध्यक्ष हेरमबहादुर बुढाथोकी, पत्रकार महासङ्घ सल्यानका सचिव शङ्कर केसी, प्राविधिक लिलामणि देवकोटा, वडा नं ६ का वडा सदस्य झाँकबहादुर महतारा, रुपलाल बुढाथोकीलगायत सहभागी थिए ।

मापदण्डअनुसार काम नभएको, गुणस्तरीय तथा पारदर्शी काम नभएमा कुनै पनि योजनाको रकम भुक्तानी दिन नसकिने गाउँपालिकाले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नवलपुर । तराईमा अत्यधिक गर्मी बढेसँगै विद्यालय बन्द भइरहेको अवस्थामा नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाले

(नारायण ढुङ्गाना) काठमाडौँ । यसपालि नेपालका धेरैजसो स्थानमा अधिकतम तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्ने देखिएको

काठमाडौं । गंगा दाहाल पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यममा चर्चाको पात्र बनिरहेकी छिन्

काठमाडौँ । अहिले नेपालको समसामायिक विषयको बनेको छ ‘ग्रेटर नेपाल’ को नक्शा । भारतले