back

खप्तड घुम्न हेलिकप्टरको व्यवस्था

वि.सं.२०७५ माघ २० आइतवार

423 

shares
GLOBAL IME AD
NTC AD

२० माघ, डोटी । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकप्टरको व्यवस्था गरिएको छ ।

डोटी चेम्बर अफ कमर्शले दीपालयमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सवमा खप्तड घुम्न जाने पर्यटकका लागि हेलिकप्टरको व्यवस्था गरेको कमर्शका अध्यक्ष खगेन्द्रबहादुर साउदले जानकारी दिए । उनले भने, “खप्तडसम्म हिँडेर जान नसक्ने र छोटो समयमा नै खप्तड घुम्न चाहने पर्यटकलाई ध्यानमा राखेर हामीले हेलिकप्टर सेवा दिने योजना बनाएका छौँ, त्यसका लागि हेलिकप्टर पनि बुक भइसकेको छ ।”

आगामी फागुन १७ देखि २७ गते सम्म सञ्चालन हुने उक्त महोत्सवमा यहाँको प्रमुख पर्यटकीयस्थल खप्तड लगायतका क्षेत्र घुम्न जाने पर्यटकका लागि हेलिकप्टर बुकिङ गरिएको बताइएको छ । नेपाल भम्रण वर्ष २०२० लाई सफल पार्ने उद्देश्यका साथ चेम्बर अफ कमर्शले दीपायलदेखि खप्तडसम्मका लागि ११ दिनसम्म हेलिकप्टर सेवा सञ्चालन गर्ने जनाएको छ ।

त्यस्तै खप्तड पुग्ने पर्यटकको सुविधाका लागि प्राथमिक स्वास्थ्य सेवा पनि प्रदान गरिने भएको छ । त्यहाँ जाने पर्यटकलाई थप सुविधाका लागि खप्तडमा घोडचढीको व्यवस्थासमेत मिलाइने कमर्शका उपाध्यक्ष नवीन श्रेष्ठले जानकारी दिए ।

खप्तडका जँगलभरी हिउँ
सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकिय स्थल खप्तड राष्ट्रिय निकुञ्जका पुरै जङ्गल हिउँले ढाकेपछि आहारा र न्यानोका लागि वन्यजन्तु गाउँ पस्न थालेका छन् ।
निकुञ्जसँगै जोडिएका डोटीका झिग्राना, गोलादेउ, भल्मा, बग्लेक, स्वाँणा, मछिन्तोला लगायतका गाउँका वस्तीमा वन्यजन्तु आउन थालेको स्थानियवासीले बताएका छन् । अहिले यहाँका गाउँमा बदेँल, रतुवा, जरायो, चितुवा, कालिज, डाँफेलगायतका वन्यजन्तु र पक्षी देखिन थालेका छन् ।

वन्यजन्तुले स्थानियले लगायका तरकारी लगायतका फलफुल समेत खान थालेको बग्लेगका स्थानियवासी रमेश विष्टले बताए । उनले भने, “निकुञ्मा भएको घास पात सबै हिउँले ढाकेको छ, वन्यजन्तु आएर हामीले लगाएको बालीनाली खानथालेका छन्, धपाउँदा पनि जादैनन् ।”

हिंस्रक जनावर गाउँ पसे मानिस र घरपालुवा जनावरलाई जोखिम हुने तथा चोरी सिकारका कारण वन्यजन्तुलाई पनि खतरा हुनसक्ने स्थिती बढेको निकुञ्जको मध्यवर्ती व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । हिमपातले हाल खप्तडमा दिउँसोको तापक्रम २ देखी ३ डिग्री सेल्सियस मात्रै हुने र राती तापक्रम घटेर माइनस १५ डिग्री सेल्सियससम्म पुग्ने गरेको त्यहाँ तैनाथ नेपाली सेनाले जनाएको छ ।
नेपालको संरक्षित सूचीमा रहेका कस्तुरी, मृग, ध्वाँसे चितुवा, ब्वाँसो र हिमाली कालो भालु, चितुवा, बदेल, मृग, हरिणसहित ३० प्रजातिका अन्य स्तनधारी पनि निकुञ्जमा पाईने गरेका निकुञ्जले जनाएको छ । निकुञ्ज प्रदेशका पहाडी जिल्ला अछाम, बझाङ, बाजुरा र डोटी गरी ४ जिल्लामा फैलिएको छ ।

बन्यजन्तु संरक्षणको लागि खप्तडस्थित नेपाली सेना र निकुञ्ज कार्यालयले काम गरिरहेको भए पनि संरक्षणमा मध्यवर्ती क्षेत्रका जनता पनि जिम्मेवार भएर लाग्नु पर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत चन्द्रबहादुर चन्दले बताए । चोरी सिकार न्यून गर्न नेपाली सेनाले गस्ती गर्ने गरेको भए पनि वन्यजन्तुको सिकार र काठ चोरी नरोकिएको निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाशबहादुर शाहले जानकारी दिए।

चोरी सिकारी तथा अन्य गतिविधि रोक्नका लागि निकुञ्जमा सीसी क्यामरासमेत जडान गरिए पनि पूर्ण रुपमा नियन्त्रण गर्न नसकिएको उनले बताए । निकुञ्जभित्र रहेका जनावरको अवस्था र उनीहरूको अध्ययन तथा अवलोकन गर्नका लागि सीसी क्यामरा निकै सहयोगी बनेका सहायक संरक्षण अधिकृत शाहले जानकारी दिए । निकुञ्जभित्र २४ वटा सीसी क्यामरा जडान गरिएका बताइएको छ ।

वि.सं.२०७५ माघ २० आइतवार १५:१९ मा प्रकाशित

तटबन्ध नहुँदा बस्ती जोखिममा

तटबन्ध नहुँदा बस्ती जोखिममा

कञ्चनपुर । कृष्णपुर नगरपालिका–२ गुन्यालफाँटाको बादी बस्ती वनहरा नदीको उच्च...

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

लामो समयको खडेरीले निरास बनेका किसान वर्षा भएपछि उत्साहित

तानसेन (पाल्पा) । समयमै परेको पानीले नै किसानको मुहारमा खुसी...

बजार गएका प्रधानाध्यापक मृत भेटिए

बजार गएका प्रधानाध्यापक मृत भेटिए

मान्म (कालीकोट) । कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका–४ उजेलगाउँमा एक प्रधानाध्यापक...

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

एकलाख बढी पर्यटकले गरे सालिग्राम संग्रहालयको अवलोकन

ढोरपाटन (बागलुङ) । बागलुङ नगरपालिका–४ कुँडुलेस्थित शालिग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटकको...

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

नवलपरासीमा आलु खेती गरिने क्षेत्र र उत्पादन वृद्धि

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा चालु आबमा ५९ हजार १२०...

सबै वडामा आफ्नै सुविधा सम्पन्न भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

सबै वडामा आफ्नै सुविधा सम्पन्न भवन बनाउँदै नेपालगञ्ज उपमहानगरपालिका

राँझा –बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले सबै वडा कार्यालयको आफ्नै सुविधा...