back

टी–२० अन्तर्राष्ट्रिय सिरिज : वर्षाले खेल प्रभावित

वि.सं.२०७५ माघ २० आइतवार

486 

shares
GLOBAL IME AD
NTC AD


२० माघ, काठमाडौँ । नेपाल र युएईबीच आज तय भएको तेस्रो तथा निर्णायक टी–२० अन्तर्राष्ट्रिय सिरिज वर्षाका कारण प्रवाहित हुने भएको छ । वर्षाका कारण अहिलेसम्म खेल शुरु हुन सकेको छैन ।

दुबईस्थित आइसिसी एकेडेमी मैदानमा नेपाली समयअनुसार दिउँसो २ः४५ बजे हुने तय भए पनि निरन्तर वर्षासँगै हावाहुरीका कारण खेल शुरु हुन नसकेको हो। तीन खेलको उक्त सिरिज दुवै टोलीले एक–एक खेल जितेका छन् । वर्षाका कारण खेल रद्द भए सिरिज बराबरीमा टुङ्निेछ ।

युएईको तीन एक दिवसीय र तीन टी–२० सिरिजका लागि युएई पुगेको नेपाली टोलीले इतिहास कायम गर्दै एक दिवसीय सिरिज आफ्नो पक्षमा पारिसकेको छ । टी–२० सिरिज भने १–१ को बराबरीमा छ । पहिलो खेल गुमाएको नेपालले दोस्रो खेल जित्दै सिरिज बराबरी बनाएको थियो ।

त्यहाँको मौसम विभागका अनुसार आज ठूलो पानी पर्ने सम्भावना छ । बर्षाले खेल विथोलिएमा नेपालले एकदिवसीयपछि टी–२० सिरीज जित्ने अवसरमा धक्का लाग्नेछ ।

वि.सं.२०७५ माघ २० आइतवार १५:३५ मा प्रकाशित

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना

मिक्लाजुङ (पाँचथर) । खेलकुदको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधिमा...

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

हरिनास गाउँपालिकामा सातौँ अध्यक्ष कप हुने

स्याङ्जा । स्याङ्जाको हरिनास गाउँपालिकाको आयोजनामा सातौँ अध्यक्ष कप प्रतियोगिता...

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

दिपेन्द्रको टी-२०आईमा अर्को नयाँ कीर्तिमान

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दिपेन्द्रसिंह ऐरीले टी-२०...

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

चारदेशीय टी–२० आई सिरिज : नेपालले कतारलाई आठ विकेटले हरायो

काठमाडौँ । हङ्कङमा आजदेखि सुरु भएको चारदेशीय टी–२० आई सिरिजको...