back

हाइड्रोसिलको उपचार निःशुल्क

वि.सं.२०७५ माघ २० आइतवार

507 

shares
GLOBAL IME AD
NTC AD

 

२० माघ,नुवाकोट। त्रिशूली जिल्ला अस्पतालले हाइड्रोसिलबाट ग्रसितको उपचार सहज रुपमा गर्न सञ्चालन गरेको कार्यक्रमबाट ४४ जना लाभान्वित भएका छन् । अस्पतालले हाइड्रोसिलका कारण बिरामीको निःशुल्क उपचार गर्न तीनदिने कार्यक्रम सञ्चालन गरेको थियो ।

अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट देवकी खतिवडाले उपचारका लागि आएका केही बिरामीको उच्च रक्तचापलगायत विभिन्न शारीरिक समस्याको कारण उपचार हुन नसकी फर्काउनुपरेको बताए । अस्पतालले एक बिरामीको उपचारका लागि रु ६ हजार खर्च गरेको थियो । अस्पतालका अध्यक्ष अर्जुन न्यौपानेले अस्पतालले यस वर्ष शल्यक्रिया गर्न छुटेका र थाहा नपाएर अस्पताल नआएकाहरुलाई लक्ष्य गरी अर्को वर्ष पनि कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुख राममणि अधिकारीले जिल्लामा एक हजार ५०० भन्दा बढी मानिस हाइड्रोसिलबाट पीडित रहेको हुन सक्ने विभिन्न तथ्याङ्कबाट देखिएको बताए।

वि.सं.२०७५ माघ २० आइतवार १५:४३ मा प्रकाशित

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैनः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल...

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

नौ महिनामा रू तीन खर्ब ६६ अर्ब ऋण उठाइयो

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को चैत मसान्तसम्म...

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

नेपालमा लगानी गर्न विदेशका नेपालीलाई अध्यक्ष ढकालको आग्रह

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा...

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी तीन प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशमा मूख्यतया स्थानीय वायु तथा पश्चिमी वायुको...

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

विशेषको फैसला विरुद्ध सर्वोच्चमा पुग्यो आयोग

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको फैसला...

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : प्रधानमन्त्री ओली

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले ठूला दलको साझेदारीमा निर्मित...